एमाले अधिवेशन : तनहुँका तीन पालिकामा सर्वसम्मत, घिरिङमा स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

एमाले अधिवेशन : तनहुँका तीन पालिकामा सर्वसम्मत, घिरिङमा स्थगित

तनहुँ । नेकपा (एमाले)ले तनहुँका तीन पालिका सर्वसम्मत गाउँ तथा नगर कमिटी चयन गरेको छ । व्यास नगरपालिका, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा सर्वसम्मत गाउँ तथा नगर कमिटी चयन गरिएको हो । मंगलबार राति व्यास नगर कमिटीको अध्यक्षमा वीरेन्द्र अधिकारी सर्वसम्मत चयन भए । लामो छलफलपछि अध्यक्षका आकांक्षी तुल्सीराम पाण्डे उपाध्यक्षमा बसेपछि व्यासमा ७५ सदस्यीय नगर कमिटी चयन भएको हो । सचिवमा ज्ञानेन्द्र बसौला, उपसचिवमा मधु पण्डित र सीता पाण्डे चयन भएका छन् ।

आँबुखैरेनी गाउँपालिकामा मिना अधिकारीको नेतृत्वमा ५३ सदस्यीय गाउँ कमिटी गठन भएको छ । उपाध्यक्षमा चन्द्रबहादुर थापा, सचिवमा बेलबहादुर गुरुङ, उपसचिवमा पूर्णबहादुर आले र जमालदिन मियाँ चयन भएका छन् । बन्दीपुर गाउँ कमिटी अध्यक्षमा सुरेन्द्र थापा सर्वसम्मत भएका छन् । थापाको नेतृत्वमा ६७ सदस्यीय गाउँ कमिटी चयन गरिएको हो । उपाध्यक्षमा शिवकुमार श्रेष्ठ, सचिवमा कुलेन्द्र गौतम, उपसचिवमा  रवि श्रेष्ठ र  अमिर गुरुङ चयन भएका छन् ।

शुक्लागण्डकी नगरपालिका ध्यक्षमा मुक्ति तिम्लिसिना र सचिवामा रघुनाथ पौडेल सर्वसम्मत चयन भए । यी  दुवै यसअघि पनि सोही पदमा थिए । अन्य पदमा आकांक्षी धेरै हुँदा सहमति हुन सकेकाे छैन । मंगलबार अधिवेशन सुरु भएको भानु नगरपालिका र भिमाद नगरपालिकामा नेतृत्व चयन हुन सकेको छैन । दुई नगरपालिकामा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको छ । घिरिङ गाउँपालिकामा अधिवेशन सुरु भएर १५ गतेसम्मलाई स्थगित गरिएको छ । वडाबाट पालिका प्रतिनिधि छनोट लगायतका काम अधुरो रहेकाले अधिवेशन सुरु गरेर स्थगित गरिएको हो ।ऋषिङ, देवघाट र म्याग्दे गाउँपालिकाको अधिवेशन सुरु हुन सकेकाे छैन । अब ऋषिङको ११, देवघाटको १४ र म्याग्देको १५ कात्तिकमा अधिवेशन हुने एमाले तनहुँले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);