यस्ता छन् खोटाङ एमालेका पालिका नेतृत्व | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

यस्ता छन् खोटाङ एमालेका पालिका नेतृत्व

खोटाङ । खोटाङका १० वटै स्थानीय तहमा एमालेले नयाँ नेतृत्व चयन गरेको छ । १०औँ राष्ट्रिय महाधिवेसन अन्तर्गत एमालेले मंगलबार दुई नगरपालिका र आठ गाउँपालिकामा सर्वसहमतीय ढंगले पालिका कमिटी निर्माण गरेको हो ।

 दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एमाले अध्यक्षमा ३३ वर्षीय गोपालचन्द्र आचार्य चयन भएका छन् । ७५ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा मनिचन्द्र राई, सचिवमा चित्रकुमार राई, उपसचिवमा लिला चौहान र विनोद खड्का चयन भएका छन् ।

 हलेसी तुवाचुङ नगरपालिकामा ४९ वर्षीय डिल्ली चाम्लिङ नगर कमिटी अध्यक्ष चुनिएका छन् । उपाध्यक्षमा उमेशकुमार पौडेल, अनिश कार्की, रविन साम्पाङ, युवराज आले, वर्णकुमार राई, लंकसेर राई, लोचन श्रेष्ठ, फौदसिं कार्की र नयन राई चयन भएका छन् । सचिवमा प्रमोद श्रेष्ठ र सर्वधन वस्नेत, उपसचिवमा रुद्रबहादुर खत्री, रवि राई, दुर्गा श्रेष्ठ र घनश्याम रेग्मी चयन भएको एमालेले जनाएको छ । 

ऐसेलुखर्क गाउँपालिकाको एमाले पालिका अध्यक्षमा ३९ वर्षीय टेकेन्द्र राजभण्डारी चुनिएका छन् । पालिका कमिटिको उपाध्यक्षमा अरुण राई, सचिवमा माधव राई, उपसचिवमा सविन राई र बालकुमार राई चयन भएका छन् । केपिलासगढी गाउँपालिकामा एमाले अध्यक्षमा खगेन्द्र राई, उपाध्यक्षमा सन्तोष राई, सचिवमा नारायण राई, सहसचिवमा भानु तिम्सिना र ज्ञानकुमार राईलाई चयन गरिएको छ । 

खोटेहाङ गाउँपालिकामा एमाले पालिका कमिटी अध्यक्षमा विकास राई, उपाध्यक्षमा टंकप्रसाद खतिवडा, सचिवमा अम्बरबहादुर बस्नेत, उपसचिवमा सन्तोष राई र अशोक सिलवाल चयन भएका छन् । एमाले जन्तेढुंगा गाउँपालिका अध्यक्षमा यामकुमार राई, उपाध्यक्षमा राजकुमार राई, सचिवमा जगत किराती, सहसचिवमा कजन खड्का र सम्झना राईलाई चयन गरिएको छ ।

एमाले दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा कृष्ण कार्की, उपाध्यक्ष धनकुमार राई, सचिवमा मनोज राई, उपसचिवमा विजय राई र मिलन राई चयन भएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए । एमाले बराहपोखरी गाउँपालिका अध्यक्षमा दीर्घबहादुर मगर, उपाध्यक्षमा देशबिर राई र नवीन तामाङ, सचिवमा निश्चल खड्का, उपसचिवमा टिका आचार्य राई र राजेश बञ्जरा चयन भएका छन् ।

रावाबेँसी गाउँपालिकामा एमाले पालिका अध्यक्षमा बलराम रिजाल, उपाध्यक्षमा समला राई, सचिवमा यज्ञनारायाण श्रेष्ठ (राजु), उपसचिवमा शिवराज राई र रिजन भुजेल चयन भएका छन् ।साकेला गाउँपालिका अध्यक्षमा आश्विनचन्द्र राई, उपाध्यक्षमा शिव कट्वाल, सचिवमा शिव बस्नेत, उपसचिवमा चन्द्रकला ढकाल र लक्ष्मीभक्त ढकाल चयन भएको एमालेले जनाएको छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);