बाँकेका सबै पालिकामा एमालेको नेतृत्व सर्वसम्मत | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बाँकेका सबै पालिकामा एमालेको नेतृत्व सर्वसम्मत

नेपालगन्ज । नेकपा एमाले बाँकेका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । ९ कत्तिकदेखि सुरु भएको पालिका अधिवेशनमा सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको बाँकेका सहइन्चार्ज एवं एमाले केन्द्रीय सदस्य मोहम्मद हारुण हल्वाईले बताए ।

उनका अनुसार एमालेको बैजनाथ गाउँपालिका स्तरीय गाउँकमिटीको अधिवेशनबाट इन्द्रबहादुर थापा, उपाध्यक्षमा प्रेमपूर्णा योगी, सचिवमा प्रेम सुवेदी, उपसचिवद्वय एकता शाह र प्रेम खत्रीसहित ७५ सदस्यीय कमिटी चयन भएको छ । 

नेपालगन्ज उपमहानगरको अध्यक्षमा दत्तप्रसाद आचार्य, उपाध्यक्षमा अब्दुल हकिम हल्वाई र सचिवमा मोहित शाह, सहसचिवमा दिग्विजय ढुंगाना र उषा भण्डारी थापासहित ७९ सदस्यीय कमिटी चयन गरेको छ । 

डुडुवा गाउँपालिकाको अध्यक्षमा शकिल खान, उपाध्यक्षमा विष्णु भण्डारी, सचिवमा विनयराज त्रिपाठी, उपसचिवमा लल्लनप्रसाद पाण्डे र ध्रुवकुमार चौधरी बर्माको नेतृत्वमा ७३ सदस्यीय गाउँपालिका कमिटी गठन भएको छ । 

नरैनापुरमा पन्चराम यादव सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । अधिवेशनले उपाध्यक्षमा प्रमोद मिश्रा, सचिवमा सुनैना मिश्रा, उपसचिवमा पारसनाथ पाण्डे र इन्द्रजित यादवलाई चयन गरेको एमाले नरैनापुरका इन्चार्ज शोहनलाल यादवले जानकारी दिए ।

खजुरा गाउँपालिकाको अध्यक्षमा गेहेन्द्रप्रसाद धिताल सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा झगबहादुर पौडेल, सचिवमा देउमाया थापा, उपसचिवमा लल्लन यादव र शाविर जोलाहासहित ७५ सदस्यीय कमिटी गठन भएको छ । 

कोहलपुर नगरपालिका कमिटीको अध्यक्षमा खिलप्रसाद भुसाल, उपाध्यक्ष नमप्रसाद शर्मा, सचिव माधव रिजाल, उपसचिव शान्ति सुनार, उपसचिव गोमा खनाललगायत ७५ सदस्यीय कार्यसमिति चयन भएको छ ।

राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा मनोज केसी पुनः निर्वाचित भएका छन् । अधिवेशनबाट सर्वसम्मत केसी चयन भएका हुन् । उनी यसअघि पनि पार्टीको राप्ती सोनारीकै अध्यक्ष थिए । कमिटीको उपाध्यक्षमा मदन ओली, सचिव सुधा चौधरी, सहसचिवमा पूर्ण चौधरी र घनश्याम बस्नेतसहित ४५ सदस्य चयन भएका छन् । 

यसैगरी जानकीमा बिसराम बर्माको अध्यक्षतामा सर्वसम्मत कमिटी गठन भएको सार्वजनिक भए पनि कमिटीको वैधानिकताको विषयलाई लिएर विरोध भइरहेको छ । बाँकेमा आठ स्थानीय तह छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);