लमजुङका ७४ वडामा कांग्रेस अधिवेशन टुंगियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

लमजुङका ७४ वडामा कांग्रेस अधिवेशन टुंगियो

लमजुङ । लमजुङका ७४ वडामा नेपाली कांग्रेसको अधिवेशन टुंगिएको छ । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्लाका ७५ मध्ये ७४ वडाको अधिवेशन टुंगिएको हो ।

६३ वडामा सर्वसम्मत र ११ वडामा निर्वाचनका माध्यमबाट नेतृत्व चयन भएको कांग्रेस लमजुङका सचिव हरिप्रसाद बरालले बताए । उनका अनुसार दुधपोखरी गाउँपालिका–५ कोल्कीमा आइतबार निर्वाचन हुँदैछ ।

बेसीसहरको वडा नम्बर ३ र ८ ,दोर्दी गाउँपालिकाको १ भारते, राइनास नगरपालिका ९ र ४ , सुन्दरबजार नगरपालिका ३, ४ ,६, ७ ,९ नम्बर वडा र मध्यनेपाल नगरपालिका–४ मा निर्वाचनबाट नेतृत्व चयन भएको हो ।

लमजुङमा चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह छन् । जिल्लामा आठ हजार तीन सय ६९ क्रियाशील सदस्य छन् । नयाँ चार हजार तीन सय ३६ जना क्रियाशील सदस्य थप भएको सचिव बरालले बताए । पुराना चार हजार ३३ जनाले नवीकरण गरेको उनको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);