गुल्मी एमालेको वडा अधिवेशन : जिल्लाका ८४ वडामा सर्वसम्मत नेतृत्व | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गुल्मी एमालेको वडा अधिवेशन : जिल्लाका ८४ वडामा सर्वसम्मत नेतृत्व

गुल्मी ।  एमाले गुल्मीले जिल्लाका ८४ वडामा अधिवेशन सम्पन्न गरेको छ । आइतबार र सोमबार चार स्थानीय तहका नाै वडामा अधिवेशन हुँदैछ । रेसुंगा नगरपालिका, मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका, छत्रकोट गाउँपालिका, रुरु क्षेत्र गाउँपालिकाका, कालिगण्डकी गाउँपालिका र चन्द्रकोट गाउँपालिकाका सवै वडामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले सचिव सोमनाथ सापकोटाले जानकारी दिए ।

त्यस्तै, मालिका गाउँपालिकाका चार, धुर्कोट गाउँपालिकाका एक, मदाने गाउँपालिकाका एक, गुल्मीदरवार गाउँपालिकाका दुई र सत्यवतिकाको एक वडामा अधिवेशन भएको छैन । मालिका गाउँपालिकाको वडा नं ४, ५, ६ र ८ वडामा वडा अधिवेशन नभएको एमाले नेता तथा मालिका वढा नं ६ का वडाध्यक्ष शोभाखर गिरीले जानकारी दिए । अरु चार वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।

धुर्कोट गाउँपालिका-१ नयाँगाउँको वडा अधिवेशन मंगलबारकf लागि सारिएको छ । अरु ६ वडामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले नेता नारायण पोख्रेलले बताए । मदाने गाउँपालिकाका पाँच वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । वडा नं ४ मा वडाध्यक्ष भीमप्रसाद भट्टराईका बुबाको निधनको कारण अधिवेशन रोकिएको मदाने गाउँपालिका उपाध्यक्ष तथा एमाले नेतृ सरिता खड्काले जानकारी दिइन् ।

वडा नं ३ मा अध्यक्ष पदमा तीनजनाको उमेद्वारी परेकाले सोमबार पुन: सर्वसम्मत वा निर्वाचन गराएर भए पनि अधिवेशन सम्पन्न हुने खड्काले बताइन् । अरु पदमा सहमति भइसेको छ ।सत्यवति गाउँपालिका ८ र गुल्मी दरवार गाउँपालिकाको १ र ३ वडाको अधिवेशन प्राविधिक कारणले नभएको एमाले जिल्ला अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिए । रोकिएका तीन वडाको अधिवेशन आइतबार हुने पन्थले बताए । जिल्लाका वडाहरुमा अधिवेशन सम्पन्न गर्न पार्टी कमिटीले एकजना सहजकर्ता र एकजना निर्वाचन अधिकृत तोकेर गाउँगाउँमा पठाएको पन्थले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);