अछामका ७७ वडामा एमालेको प्रतिनिधि छनोट | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

अछामका ७७ वडामा एमालेको प्रतिनिधि छनोट

अछाम । नेकपा एमाले अछामले जिल्लाका ९१ वटा वडा मध्ये ७७ वटा वडामा सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ । मंगलसेन नगरपालिकाका १२, साँफेबगर नगरपालिकाका १३, कमलबजार नगरपालिकाका ८, पंन्चदेवल विनायक नगरपालिकाका ६ वडाबाट जिल्ला अधिवेशनका लागि प्रतिनिधि टुंगो लागेको बताइएको छ ।

यस्तै तुर्माखाद गाउँपालिकाका ८, मेल्लेख गाउँपालिकाका ८, रामारोशन गाउँपालिका ७, ढकारी गाउँपालिकाका ६, बान्निगढी जयगढ गाउँपालिकाका ६ र चौरपाटी गाउँपालिकाका ३ वटा वडामा टुंगो लागेको एमाले अछामका कार्यालय सचिव लिलाराज केसीले जानकारी दिए । 

बाँकी १४ वडामा प्रतिनिधि छनोट कार्य जारी रहेकाले भोलिसम्म टुंगो लागिसक्ने केसीले बताए । नेकपा एमाले अछामको आठौं जिल्ला अधिवेशन पौष २३ गतेबाट सुरु हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);