कांग्रेस अधिवेशन : दाङका एक सय वडा मध्य धेरैमा सर्वसहमति, केहीमा मतदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कांग्रेस अधिवेशन : दाङका एक सय वडा मध्य धेरैमा सर्वसहमति, केहीमा मतदान

nepali congress flag

विकास डाँगी,
दाङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार दाङका एक सय वडाहरू मध्य ६० बढी वडाहरूमा नेतृत्व चयन भएको जिल्ला निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । तुलसीपुर उपमहानगरपालिकाको एउटा वडा बाहेक अन्य सबै वडाहरूमा अधिवेशन सम्पन्न भएको हो ।

तुलसीपुर ५ मा मंगलबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म नेतृत्व छान्न मतदान हुदैं छ । वडा अधिवेशन निर्वाचन समितिले एक सूचना जारी गर्दै भदौ २२ गते सम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।

निर्वाचन कार्यतालिका अनुसार सोमबार भएपनि सहमति हुन नसकेपछि मतदान प्रक्रिया स्थगित गरिएको हो । त्यस्तै बबई गाउँपालिकामा १, ३ र ७ नम्बर वडामा सर्व सहमतिमा नेतृत्व चयन भएको छ । अन्य चार वडामा सोमबार नेतृत्व चुन्न मतदान भएको थियो ।

शान्तिनगर गाउँपालिकामा ३ र ४ नम्बर वडा बाहेक अन्य सबै वडाहरूमा सर्व सहमतिमा नेतृत्व चयन भएको छ । दंगीशरण गाउँपालिकामा १, ४, ६ र ७ नम्बर वडामा सर्व सहमतिमा र अन्य ३ वटा वडाहरूमा नेतृत्व छान्न मतदान भएको अधिकृत कार्की जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६, ७, ४, १, १०, १२, १४, १८, १७ लगायतका वडाहरूमा सर्व सहमतिमा नेतृत्व चयन गरिएको छ । त्यस्तै तुलसीपुर ११ मा पनि नेतृत्व छान्न मतदान भएको थियो । जहाँ जिल्लामा सबै भन्दा बढि मतदाताहरू रहेका थिए । कुल ४९७ मध्य ४५६ मत खसेको थियो ।

त्यस्तै घोराही उपमहानगरपालिकाको १, २, ६, ७, ८, १४, १६, १९ नम्बर वडाहरूमा सर्व सहमति र त्यसबाहेकका वडाहरूमा निर्वाचन भएको थियो । बङ्गलाचुली गाउँपालिकाका सबै वडाहरूमा सर्व सहमतिमा नेतृत्व चयन भएको छ ।

राप्ती गाउँपालिकाका सबै वडाहरूमा पनि सर्व सहमतिमा नेतृत्व चयन भएको जिल्ला निर्वाचन समितिले जानकारी दिएको छ । राप्ती गाउँपालिका अन्तरगत १ र २ नम्बर वडाहरूमा खुल्ला क्षेत्रीय प्रतिनिधि र वडा नं. ४ मा खुला क्षेत्रीय प्रतिनिधि र थारू प्रतिनिधि लागि मतदान भएको थियो ।

गढवा गाउँपालिकाको ४, ७ र ८ बाहेक अन्य सबै वडाहरूमा सर्व सहमतिमा नेतृत्व चयन गरिएको छ । त्यस्तै राजपुर गाउँपालिकामा वडा नं. ३ बाहेक अन्य सबै वडाहरूमा सर्व सहमतिमा नेतृत्व चयन भएको छ ।

त्यस्तै लमही नगरपालिकाका ९ वटा वडाहरू मध्य १ र ३ नम्बर वडाहरू बाहेक अन्य सबैमा सर्व सहमतिमा नेतृत्व चयन भएको निर्वाचन कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);