जाजरकोटका २५ वडामा अधिवेशन सकियो, ५१ मा बाँकी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

जाजरकोटका २५ वडामा अधिवेशन सकियो, ५१ मा बाँकी

जाजरकोट । नेकपा एमाले जाजरकोटले दुई पालिकासहित २५ वडामा अधिवेशन सम्पन्न गरेको छ । पार्टी सदस्यता नवीकरणको काम नटुंगेका कारण बाँकी वडामा ढिला भएको नेता निरज आचार्यले बताए ।

उनका अनुसार बारेकोट गाउँपालिकाका नौ वडा, नलगाड नगरपालिकाका १३ वडा र भेरी नगरपालिका ८, ११, ४ र ३ नम्बर वडामा मात्र अधिवेशन भएका छन् ।
भेरीकै १, २, ५, ६, ७, ८, ९, १०, १२, नम्बर वडामा भने अधिवेशन हुन सकेन । भेरीमा नेकपा (एकीकृत समाजबादी) बलियो भनिएका ठाउँमा मात्र अगाडी वडा अधिवेशन सम्पन्न गरिएको छ । अन्य वडामा मंगलबार र बुधबार अधिवेशन गर्ने तयारी छ । सबैभन्दा बढी फुटको प्रभाव रहेका वडा भेरी नै हो ।

यस्तै कुशे गाउँपालिकाभित्रका नौ वडा, छेडागाड नगरपालिकाका १३ वडा, शिवालय गाउँपालिकाका नौ वडा, जुनीचाँदे गाउँपालिकाका ११ वडा  र छेगाडाड नगरपालिका १३ वटा वडमा अधिवेशन हुन बाँकी रहेको नेता डम्बरबहादुर सिंहले बताए । 

नलगाड नगरपालिका र बारेकोट पालिका स्तरीय अधिवेशन आज गर्न लागेको नेता सिंहले बताए । जाजरकोटमा सात पालिकामा ७७ वडा छन् । ७७ मा २६ वडामा मात्र आज अधिवेशन भएको छ । सदस्यताको समस्या समाधान नभएसम्म सबै ठाउँमा अधिवेशन सम्पन्न नभएको नेता सिंहले जानकारी दिए ।

नेकपा एमाले डोल्पाका नेता लंकबहादुर रोकायका अनुसार डोल्पोबुद्ध गाउँपालिका बाहेक अन्य सबै पालिकामा वडाअधिवेशन सकिएको छ । आज मुड्केभचुला गाउँपालिकामा गाउँकमिटि गठन हुँदै गरेको उनले बताए । डोल्पामा आठ स्थानीय तह रहेका छन् । ठुलीभेरीका ११, त्रिपुरासुन्दरीका ११, शे–फोक्सुण्डो नौ, जगदुल्ला ६, मुड्केचुला नौ, काइकेमा सात र छाकाताङसुङ ६ वडामा अधिवेशन भइसकेको उनले बताए । डोल्पोबुद्ध गाउँपालिकाका ६ वडामा हुन सकेको छैन । पार्टी सदस्यताको समस्या समाधान नभएकाले त्यहाँ अधिवेशन हुन नसकेको हो ।  

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);