एमालेद्वारा ढकारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत सिफारि | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एमालेद्वारा ढकारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत सिफारि

अछाम । नेकपा एमाले ढकारी गाउँ संगठन कमिटीले आगामी स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत चयन गरेर पठाएको छ । संगठन कमिटीको भेलाले एमाले अछामका पुराना नेता धर्मबहादुर शाहीलाई अध्यक्ष र युवा नेतृ एमाले जिल्ला सदस्य मायादेवि बुढालाई उपाध्यक्षको उम्मेदवारका लागि सर्वसम्मत छनोट गरेर माथिल्लो कमिटीमा पठाएको हो ।

पालिका अध्यक्ष अमर सिंह बुढाको अध्यक्षतामा भएको बैठकमा उम्मेदवार छनौटका लागि गाउँपालिका संगठन कमिटी सचिव नहकुल साउदले राखेको प्रस्ताव भेलाले सर्वसम्मतअनुमोदन गरेको थियो । भेलामा ढकारी गाउँपालिका अन्तर्गतका ८ मध्ये ३ वटा वडामा वडा अध्यक्षका उम्मेदवार पनि सर्वसम्मत चयन भएका छन् ।

पालिकाको वडा नम्बर ३ बाट धनबहादुर बुढा, वडा नम्बर ४ बाट नैनसिंह बुढा र वडा नम्बर ८ बाट दिपेन्द्र खडकालमई वडा अध्यक्षको उम्मेदवारका लागि सिफारिस  गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);