एमाले अधिवेशनः दाङका सबै वडामा सर्वसम्मत नेतृत्व, ६० प्रतिशत नयाँ अनुहार | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

एमाले अधिवेशनः दाङका सबै वडामा सर्वसम्मत नेतृत्व, ६० प्रतिशत नयाँ अनुहार

दाङ । देशका ठूला राजनीतिक दलहरु महाधिवेशन प्रक्रियामा छन् । नेपाली कांग्रेसले वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेको छ । राप्रपाले जिल्ला अधिवेशन पूरा गर्दैछ भने एमालेले अहिले वडा र पालिका अधिवेशनको चटारोमा छ ।

एमालेले शनिबार केही वडाबाहेक सबै वडामा अधिवेशन सकेको छ । नेकपा एमालेले दशाैं महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न गरेको हो । जिल्लाका सबै वडामा निर्वाचन समिति समेत नबनाई सर्वसम्मत नेतृत्व चयन भएको एमालेका नेताहरूले बताएका छन् । 

दाङमा रहेका एक सय वडामा एमालेले सर्वसम्मत नयाँ नेतृत्व छानेको जिल्ला अध्यक्ष टीकाराम खड्काले बताए । उनले वडा अध्यक्षका लागि धेरै आकांक्षी देखिएको भए पनि त्यसलाई मिलाएर सर्वसम्मत गरिएको दाबी गरे । पार्टी विभाजनको वेलामा प्रतिस्पर्धाभन्दा सहमतिमा जानु उत्तम भएकाले सर्वसहमतिको बाटो रोजिएको उनको भनाइ छ ।  

एमाले दाङका सचिव मनोहर बुढाथोकीले वडा अधिवेशन पूरा गर्न निर्वाचन समिति नै नबनाई सकिएको बताए । ‘वडा अधिवेशनका लागि निर्वाचन समिति बनेन’, उनले भने, ‘सबै वडामा सर्वसम्मत गर्न निर्वाचन समितिको सट्टा अध्यक्षमण्डलबाटै नेतृत्व चयन गर्न सफल भएका छौं ।’

पार्टीकै पदाधिकारीहरु वडा प्रतिनिधिको रूपमा गएर निर्वाचन प्रक्रिया पूरा गरेको  र त्यसको वैधानिकता एमालेको निर्वाचन आयोगले गर्ने जिल्ला अध्यक्ष खड्काले बताए । ‘शनिबार भएको वडा अधिवेशन सबै वडामा शान्तिपूर्ण रूपमा सकिएको छ,’ उनले भने, ‘पाटीलाई मजबुत बनाएर लैजान पनि नेतृत्वका लागि चुनाव नभएको हो ।’ वडामा अध्यक्ष, उपाध्यक्ष, सचिव एक-एकजना, उपसचिव दुईजना र अन्य सदस्यहरू निर्वाचित भएका छन् । वडा अधिवेशनबाट पालिका प्रतिनिधि छनाेट भएका छन् । गाउँपालिका र नगरपालिकामा ३१ सदस्यीय र उपमहानगरपालिकामा ४१ सदस्य वडा कमिटी बनेका छन् ।

नयाँ हावी, पुराना पलायन 

एमालेको वडा कमिटीमा नयाँ अनुहारको हावी देखिएको छ । वडा नेतृत्वदेखि कमिटीमा ६० प्रतिशतभन्दा बढी नयाँ अनुहारको प्रवेश भएको एमाले दाङले जनाएको छ ।जिल्ला अध्यक्ष खड्काले यो अधिवेशनमा नयाँ अनुहारहरू हावी भएको स्वीकार गरेका छन् । उनले एक सय वडामा ४० वडाहरूमा मात्रै पुराना नेतृत्व दोहोरिएको र ६० वडामा नयाँ अनुहार नेतृत्वमा आएको बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);