बागलुङका ८५ मध्ये ७१ वडामा एमालेको नयाँ नेतृत्व | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

बागलुङका ८५ मध्ये ७१ वडामा एमालेको नयाँ नेतृत्व

बागलुङ । नेकपा (एमाले) ले बागलुङको ८५ मध्ये ७१ वडामा नयाँ नेतृत्व चयन गरेको छ । देशव्यापी रुपमा शनिबारदेखि एकै साथ सुरु भएको अधिवेशनले आगामी पाँच बर्षको लागि वडा कमिटिको नेतृत्य चयन गरेको हो ।

स्थानीय तह निर्माण भएपछि वडा अधिवेशन पहिलो पटक भएको हो । एमाले जिल्ला कमिटी उपाध्यक्ष कृष्ण पाठकका अनुसार निसीखोला गाउँपालिकाको वडा नम्बर १, ढोरपाटन नगरपालिकाको वडा नम्बर ९ र १०, जैमिनी नगरपालिकाको ६, बरेङ गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ५, तमानखोला गाउँपालिकाको ६ वटै वडामा अधिवेशन भएको छैन । 

तयारी पुरा नभएको हुँदा तत्काललाई समस्या भएको पाठकले बताए । अधिवेशन सुरु भएको सबै वडाका सकिएपछि बाँकी वडामा एकै साथ नेतृत्व चयन गर्ने पाठकको भनाइ छ । एमाले वडा कमिटिको नेतृत्वमा धेरैजसो पाको पुस्ताका नेता चुनिएका छन् । 

अब ९ कात्तिकमा सबै पालिकास्तरमा अधिवेशन हुनेछ । एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीको यही ११ कात्तिकमा स्थायी कमिटी र १२ कात्तिकमा केन्द्रीय कमिटिको बैठक बोलाएको छ । आगामी १० देखि १२ मंसिरसम्म एमालेको दसौं महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ । चैत ०७७ मसान्तसम्म पार्टी सदस्य भएकाहरू महाधिवेशन प्रतिनिधि बन्न योग्य हुनेछन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);