एमाले वडा अधिवेशन : तेह्रथुममा ४३ मध्ये १८ वडामा सर्वसम्मत | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एमाले वडा अधिवेशन : तेह्रथुममा ४३ मध्ये १८ वडामा सर्वसम्मत

तेह्रथुम । तेह्रथुममा ४३ मध्ये १८ वटा वडामा एमाले तेह्रथुमको वडा अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न वडा अधिवेशनले जिल्लाको ६ वटा स्थानीय तहमध्ये म्याङलुङ नगरपालिकामा सात, छथर गाउँपालिकामा एक, लालिगुराँस नगरपालिकामा एक, फेदाप गाउँपालिकामा दुई ,मेन्छ्यायेम गाउँपालिकामा पाँच र आठराई गाउँपालिकामा दुई वटा वडामासर्वसम्मत नयाँ नेतृत्व चयन भएको जिल्ला कमिटी सदस्य तथा कार्यालय सदस्य प्रेमराज फोम्बोले जानकारी दिए ।

आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिबारदेखि वडा अधिवेशन सुरु भएको एमाले तेह्रथुमका प्रचार विभाग प्रमुख छत्र रिमालले बताए । शनिबारदेखि सुरु भएको अधिवेशन आगामी २४ कात्तिकमा सम्पन्न हुने भएको छ । तेह्रथुमका पालिका अधिवेशन भने २७ कात्तिकबाट सुरु हुने एमाले तेह्रथुमले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);