तेह्रथुमका ६ वटै पालिकामा आज एमाले पालिका अधिवेशन नहुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

तेह्रथुमका ६ वटै पालिकामा आज एमाले पालिका अधिवेशन नहुने

तेह्रथुम । तेह्रथुमका ६ वटै स्थानीय तहमा आज एमालेको पालिका अधिवेशन नहुने भएको छ । एमालेले सात सय ५३ वटै पालिकामा एकै साथ अधिवेशन गर्ने भने पनि तेह्रथुममा आज अधिवेशन नहुने भएको हो । 

बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जिल्लाको सबै वडामा अधिवेशन सम्पन्न नभएकाले आज पालिका अधिवेशन नहुने भएको एमाले जिल्ला सचिव शिव ढुंगानाले बताए । जिल्लाको ४३ मध्ये २० वटा वडामा मात्रै वडाअधिवेशन सम्पन्न भएको र बाँकी वडामा अधिवेशन सम्पन्न भएपछि मात्रै पालिका अधिवेशन हुने जिल्ला कमिटी सदस्य तथा कार्यालय सदस्य प्रेमराज फोम्बोले जानकारी दिए । 

जिल्लाको ६ वटा स्थानीय तहहरूमध्ये म्याङलुङ नगरपालिकामा आठ, छथर गाउँपालिकामा एक, लालिगुराँस नगरपालिकामा एक, फेदाप गाउँपालिकामा दुई,मेन्छ्यायेम गाउँपालिकामा ६ र आठराई गाउँपालिकामा दुईवटा वडामा अधिवेशन सम्पन्न भएको छ। १३ कात्तिकमा सबै वडा सम्पन्न गर्ने तयारी भएको जनाइएको छ । पालिका अधिवेशन भने कात्तिक मसान्तसम्म सम्पन हुने भएको सदस्य फोम्बोले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);