वास्तविक पीडितसम्मै नपुगि फर्किए प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

वास्तविक पीडितसम्मै नपुगि फर्किए प्रधानमन्त्री

विराटनगर । बाढी पहिरोले पुर्याएको क्षति निरीक्षण गर्न आएका प्रधानमन्त्री शेरबहादुर देउवा सुरक्षा अधिकारीको ब्रिफिङ सुनेर फर्किएका छन् । वास्तविक पीडितलाई नै नभेटी प्रधानमन्त्री फर्किएपछि बाढीपहिरो पीडित निराश भएका छन् ।

प्रधानमन्त्री भेट्न पाँचथरको राँकेमा भेला भएका पीडितहरूलाई नभेटी काठमाडौं  फर्किएपछिपीडितहरूले दुःख मनाउ गरेका छन् । पीडितहरूलाई नभेटेका प्रधानमन्त्रीले पाँचथर र इलामका प्रमुख जिल्ला अधिकारीमार्फत भने बाढीपहिरो पीडितको अवस्था बारे जानकारी लिएका छन् ।  राँकेस्थित जलसिंह माविमा भएको कार्यक्रममा देउवालाई पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाल र इलामका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले पहिरोले पुर्याएको क्षति बारेमा जानकारी गराइ रहँदा प्रांगणमा भने पहिरोपीडितहरू प्रधानमन्त्रीलाई कुरा राख्न पाउने आशामा थिए । देउवाले प्रमुख जिल्ला अधिकारीको कुरा सुनेपछि काठमाडांै पुगेर राहत प्याकेज ल्याउने आश्वासन दिए । 

संक्षिप्त मन्तव्य राखेका देउवाले बाढी र पहिरोले पुर्याएको क्षतिको लगत संकलन भएपछि राहत घोषणा गर्ने बताए । यसअघि प्रदेश १ मा बाढीपहिरोले पुर्याएको क्षतिको स्थलगत अनुगमन र निरीक्षण गर्न आएका प्रधानमन्त्री सुरुमा विराटनगर विमानस्थलमा उत्रिएका थिए । त्यहाँ उनी चढेको हेलिकोप्टरमा आवश्यक इन्धन हालिएको थियो । त्यसपछि सशस्त्र प्रहरीको प्रदेश कार्यालय बराह बाहिनीमा पुगेका देउवाले सुनसरी मोरङका प्रमुख जिल्ला अधिकारीबाट बाढीले पुर्याएको क्षतिको बारेमा जानकारी लिए । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र मोरङमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले  बाढी पहिरोले पुर्याएको क्षतिको बारेमा जानकारी गराएका थिए । 

सो अवसरमा प्रदेशका आन्तरिक मामिला मान्त्रालय प्रदेश १ का सचिव कालीप्रसाद पराजुलीले प्रदेशमा प्रदेश बाढीपहिरो र डुबानले पुर्याएको क्षतिको बारेमा जानकारी गराए । कार्यक्रममा प्रदेश १ का मुख्यसचिव डा. रामप्रसाद घिमिरेले तीन तहको सरकारको समन्वयमा बाढीपीडितको उद्धार, राहत र पुर्नस्थापना लागि भइरहेको कामका बारेमा जानकारी गराए । 

मुख्यसचिव घिमिरेका अनुसार बाढीपहिरो र डुबानले पुर्याएको क्षतिको बारेमा जानकारी लिएपछि प्रधानमन्त्री देउवाले उद्धार र राहतमा लाग्न निर्देशन दिएका छन् । उनले तीनै तहको सरकारको समन्वयमा काम गर्न र तत्काल क्षतिको लगत संकलन गरि बुझाउन समेत निर्देशन दिएको सचिव घिमिरेले जानकारी दिए । 

बाढीले ज्यान गुमाएका पीडित परिवारले भेट्नै पाएनन्
बाढीका कारण ११ जनाको मृत्यु भएको सुनसरीमा पनि प्रधानमन्त्री देउवालाई बाढीपीडितले भेट्न पाएनन् । कार्यक्रममा सुनसरीका विभिन्न स्थानीय तहका प्रमुखहरूको उपस्थिति थियो । 

धरान उपमहानगरपालिकाका मेयर तिलक राई, दुहवी नगरपालिकाका मेयर वेद गच्छदार, कोसी गाउँपालिकाका अध्यक्ष ऐउब अन्सारी र हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले माग पत्र बुझाएका छन् । सुनसरीको पकलीबाट सिधँै हेलिकोप्टरमा पाँचथरको राँके पुगेका प्रधानमन्त्रीले स्थानीय पालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारीहरूसँग कुराकानी गरेका छन् । सुरक्षा प्रमुखको ब्रिफिङ सुनेपछि प्रधानमन्त्रीले स्थानीयलाई सम्बोधन गर्दै सरकारले प्रकोपको लागत संकलन भएपछि राहत कार्यक्रम ल्याउने बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);