प्रधानन्यायाधीशका कारण सर्वोच्चको मुद्दा सुनुवाइ प्रभावित, रणनीति बनाउन छलफलमा जुटे पाँच न्यायाधीश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानन्यायाधीशका कारण सर्वोच्चको मुद्दा सुनुवाइ प्रभावित, रणनीति बनाउन छलफलमा जुटे पाँच न्यायाधीश

cholendra-jabara

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक भूमिकामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै न्यायधीशहरूले इजलास बहिष्कारको चेतावनी दिएपछि सर्वोच्च अदालतमा मुद्दा सुनुवाइ प्रभावित भएको छ ।

प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, मुद्दाको फैसलामा चलखेल गरेकोलगायतका आरोप लगाउँदै पूर्वन्यायाधीशहरू र नेपाल बार आन्दोलित भएपछि सर्वोच्चकै न्यायाधीशहरूसमेत इजलास बस्न मानिरहेका छैनन् । 

केही न्यायाधीशले प्रधानन्यायाधीशमाथि उठेको प्रश्नको निरूपण नभएसम्म इजलास बस्न नसकिने बताएपछि आजका सबै मुद्दाको सुनुवाइ प्रभावित भएका छन् ।  मुद्दा प्रभावित हुने देखेपछि प्रधानन्यायाधीशसहित सर्वोच्चका पाँचजना न्यायाधीशहरू यतिवेला छलफलमा जुटेका छन् ।  न्यायाधीशहरूबीच छलफल सुरु भए पनि आजका लागि तोकिएका कुनै पनि मुद्दाको सुनुवाइ सुरु भएको छैन । 

सर्वोच्च अदालतकै एकजना न्यायाधीशका अनुसार प्रधानन्यायाधीशविरुद्ध सुरु भएको असन्तुष्टिलाई कसरी सम्बोधन गर्ने भनेर यतिवेला न्यायाधीशहरू दिपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा समूहगत छलफलमा जुटेका छन् ।  ती न्यायाधीशका अनुसार प्रधानन्यायाधीशले समूहगत छलफलको निष्कर्षअनुसार अघि नबढे केही न्यायाधीशहरूबाट इजलासमा नबस्ने घोषणा हुनेछ । 

आफ्नो कोटाबाट मन्त्रीको भाग खोजेको, मुद्दा फैसलामा अस्वाभाविक चलखेल गरेकोलगायतका कारण देखाउँदै यसअघि नै पूर्वन्यायाधीशहरूको संगठनले प्रधानन्यायाधीश राणालाई मार्गप्रशस्त गर्न सुझाव दिइसकेको छ । नेपाल बारले समेत मार्गप्रशस्त गर्नुपर्ने भन्दै आन्दोलतको तयारी गरिरहेको छ । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);