वरिष्ठतम् न्यायाधीशहरूको छलफल सकियो, प्रधानन्यायाधीश भेट्न नेपाल बारको टोली सर्वोच्चमा | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

वरिष्ठतम् न्यायाधीशहरूको छलफल सकियो, प्रधानन्यायाधीश भेट्न नेपाल बारको टोली सर्वोच्चमा

Cholendra S J Rana

काठमाडौं । वरिष्ठतम् न्यायाधीशहरूको छलफल सकिएको छ । सर्वोच्चमा मुद्दा प्रभावित हुने देखेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्चका वरिष्ठतम पाँचजना न्यायाधीशहरूबीच छलफल भएको थियो । त्यसलगत्तै सर्वोच्चमा इजलास सुरु भएको छ । प्रधानन्यायाधीश र वरिष्ठतम् न्यायाधीशबीच के सहमति भयो भन्ने खुलेको छैन ।

प्रधानन्यायाधीश जबराको न्यायिक भूमिकामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै न्यायधीशहरूले इजलास बहिष्कारको चेतावनी दिएपछि सर्वोच्च अदालतमा मुद्दा सुनुवाइ प्रभावित भएको थियो । 

प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, मुद्दाको फैसलामा चलखेल गरेकोलगायतका आरोप लगाउँदै पूर्वन्यायाधीशहरू र नेपाल बार आन्दोलित भएपछि सर्वोच्चकै न्यायाधीशहरूसमेत इजलास बस्न मानिरहेका छैनन् । 

केही न्यायाधीशले प्रधानन्यायाधीशमाथि उठेको प्रश्नको निरूपण नभएसम्म इजलास बस्न नसकिने बताएपछि मुद्दाको सुनुवाइ प्रभावित भएको थियो । वरिष्ठतम् न्यायाधीशहरूसँगको छलफल सकिएपछि नेपाल बारको टोली प्रधानन्यायाशीध जबरा भेट्न सर्वोच्च पुगेको छ । अहिले प्रधानन्यायाधीश र बार टोलीबीच छलफल भइरहेको छ । यस्तै, दिउँसो साढे १ बजे सर्वोच्च बारको बैठक बस्ने भएको छ । रणनीति बनाउन बैठक बस्न लागेको हो ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);