कांग्रेस खोटाङमा वडा अधिवेशन : सर्वसम्मत नेतृत्वको प्रयास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कांग्रेस खोटाङमा वडा अधिवेशन : सर्वसम्मत नेतृत्वको प्रयास

nepali congress

खोटाङ । नेपाली कांग्रेस खोटाङ शुक्रबार हुने वडा अधिवेशनको अन्तिम तयारीमा जुटेको छ । दुई नगरपालिका र आठ गाउँपालिकाको ७९ वडामा हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए । गाउँ/नगर वडा अधिवेशन कांग्रेसको १४औं महाधिवेशनको औपचारिक सुरुवात हो । वडा अधिवेशनका लागि खोटाङमा केन्द्रीय समितिले विकास भट्टराईलाई खटाएको छ । 

वडा अधिवेशनमा जिल्लाका ६ हजार ८ सय क्रियाशील सदस्यले मताधिकार प्रयोग गर्ने छन् । अधिकांश वडामा सर्वसम्मत अधिवेशन हुने र केही वडामा निर्वाचनबाट अधिवेशन टुंगिने अनुमान गरिएको जिल्ला सचिव जोशीले बताए । ‘वडा अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत पुगिसकेका छन् । स्पटमा डकुमेन्ट पुर्‍याइ सकिएको छ,’ सचिव जोशीले भने, ‘वडा अधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने विषयमा हरेक वडा सभापतिसँग छलफल भइरहेको छ । केही वडाबाहेक धेरैजसो वडामा सर्वसम्मत अधिवेशन हुनेछ ।’ 

यी वडामा हुनसक्छ निर्वाचन 

१५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल र निर्मलीडाँडामा निर्वाचन हुने आंकलन गरिएको छ । ११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाको पनि एक/दुई वडामा निर्वाचन हुनसक्ने अनुमान छ । ७ वडा रहेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको तीन/चार वडामा चुनाव हुने अनुमान गरिएको छ । यस्तै, जन्तेढुंगा गाउँपालिकाको चिसापानी, ऐसेलुखर्क गाउँपालिकाको बाकाचोलमा पनि चुनाव हुनसक्ने आंकलन छ । बराहपोखरी गाउँपालिका, केपिलासगढी, खोटेहाङ गाउँपालिका र साकेला गाउँपालिकामा सर्वसम्मत तरिकाले नै वडा अधिवेशन सम्पन्न हुने दावी गरिएको छ । 

वडा अधिवेशन, गाउँ/नगरपालिका अधिवेशन, प्रदेश क्षेत्र क/ख अधिवेशन, संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन नजिकिएसँगै कांग्रेसभित्र चुनावी सारगर्मी बढेको छ ।

कांग्रेसको वडा अधिवेशन १८ भदौमा, गाउँ/नगरपालिका अधिवेशन २७ भदौमा, प्रदेश क्षेत्र क/ख अधिवेशन १ असोजमा, संघीय निर्वाचन क्षेत्रको अधिवेशन ५ असोजमा, जिल्ला अधिवेशन १० असोजमा, प्रदेश अधिवेशन १०-१२ कात्तिक र केन्द्रीय महाधिवेशन ९-१३ मंसिरमा हुँदैछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);