कांग्रेसको ५६ जिल्लामा सकियो वडा अधिवेशन, कृयाशिलताको विवाद यथावत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कांग्रेसको ५६ जिल्लामा सकियो वडा अधिवेशन, कृयाशिलताको विवाद यथावत

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि भैरहेको वडा अधिवेशन ५६ जिल्लामा सकिएको छ । भदौ १८ गतेबाट देशका विभिन्न जिल्लाभित्रका वडामा कांग्रेसको अधिवेशन भइरहेका छन् ।

अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुको क्रियाशील सदस्यको सूची सार्वजनिक हुने बितिकै जिल्लामा तत्काल निर्वाचन अधिकृत खटाउन सक्ने गरी तयारी अवस्थामा रहेको निर्वाचन समितिले जनाएको छ ।

क्रियाशील सदस्यको सूची सार्वजनिक भएको केही घण्टाभित्र जिल्ला निर्वाचन अधिकृतको जिम्मेवारी दिएर खटाउन सकिने गरी तयारी भएको छ । चाँडो थपसूची सार्वजनिक गर्न सम्बन्धित जिल्लाका कार्यकर्ताले पार्टी नेतृत्वलाई दबाव दिँदै आएका छन् ।

वडा अधिवेशनबाट वडा सभापतिसहित कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुन्छन्। ती क्षेत्रीय प्रतिनिधिहरू र वडा सभापति भदौ २७ मा हुने गाउँपालिका र नगरपालिका अधिवेशनका मतदाता हुन् ।

भदौ २७ मा गाउँ/नगर अधिवेशन हुँदैछ । उक्त मिति अगाडि नै ७७ जिल्लाका छ हजार सात सय ४३ वडामै अधिवेशन भैसक्नुपर्ने छ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । देशमा रहेको १ सय ६५ निर्वाचन क्षेत्रको प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि आउँछन्। महाधिवेशनका मतदाता प्रतिनिधि सभा क्षेत्रबाट आउने महाधिवेशन प्रतिनिधि हुन्।

करिब नौ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ/नगर वडा अधिवेशनका मतदाता हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);