संखुवासभामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, १० घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

संखुवासभामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, १० घाइते

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–१ मा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।

मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा तरकारी पु¥याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८०८३ नम्बरको मिनी ट्रक शनिबार राति चिचिला–१ पात्लेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा चालक धनकुटाको महालक्ष्मी नगरपालिका–६ लेगुवाका २९ वर्षीय जनक पाण्डेको घटनास्थलमै मृत्यु भएको छ । पाण्डेको शव ट्रकले किचेको अवस्थामा फेला परेको थियो। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइदैछ ।

अरुण तेस्रोको ड्याम साइडमा तरकारी पु¥याएर फर्कदै गर्दा मिनी ट्रक दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते १० मध्ये तीन जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते खाँदबारी नगरपालिका–७ का २९ वर्षीय बब्लु मगर, भारतको आसामका ३२ वर्षीय राहुल मालाकार र रक्की कुमारलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

घाइते १० मध्ये आठ जना अरुण आयोजनामा काम गर्ने भारतीय नागरिक हुन् । दुर्घटनामा भारतीय नागरिक २४ वर्षीय मौतुन राय, विशाल कुमार, शैलेश कुमार, २७ वर्षीय सङ्कज कुमार, ३० वर्षीय राभेन वैश्णव र २१ वर्षीय अरविन्द्र कुमार घाइते भएका छन् । खाँदबारी नगरपालिका–८ पिप्लेका १८ वर्षीय सविन विक पनि घाइते भएका छन् । घाइते मध्ये तीन जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);