अछाममा बेहुली पु-याएर फर्कैँदै गरेको जिप दुर्घटना, चारको मृत्यु, १४ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अछाममा बेहुली पु-याएर फर्कैँदै गरेको जिप दुर्घटना, चारको मृत्यु, १४ घाइते

अछाम । अछाममा बेहुली पु-याएर फर्कैँदै गरेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राति से १ च १७६३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको ज्यान गएको हो ।

दुर्घटनामा परी पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको सुदूूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले पुष्टि गरेको छ । दुर्घटनामा परी १४ घाइते भएका छन् ।

उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कच्ची सडकमा ब्याक गर्ने क्रममा अनियन्त्रित भएर बस करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । चालकको पहिचान हुन नसकेको बताउँदै प्रहरीले खोजी कार्य जारी राखिएको जनाएको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);