धादिङ र बैतडीमा सवारी दुर्घटना हुँदा ८ को मृत्यु, ३१ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

धादिङ र बैतडीमा सवारी दुर्घटना हुँदा ८ को मृत्यु, ३१ घाइते

काठमाडौं, ५ जेठ । धादिङ र बैतडीमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । आइतवार झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबस धादिङमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा २८ जना घाइते भएका छन् । ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानबाट त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा मृत्यु भएकामध्ये ५ जनाको शव बाहिर निकालिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २८ जनामध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । अन्यको गजुरी, आदमघाट र गल्छीका अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी आइतवार नै बैतडीको दशरथचन्द नगरपालिका ११ नानीगाडमा भएको जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । सदरमुकामबाट देवताल मन्दिर पुजा गर्न जाने भक्तजन बोकेको ग १ ज ४९२१ नम्बरको जिप सडकभन्दा डेढसय मिटर तल खसेको थियो । दुर्घटना परी अन्य ३ जना घाइते भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);