मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले समेत अब हेलमेट लगाउनुपर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले समेत अब हेलमेट लगाउनुपर्ने

helmett

काठमाडौं, ५ जेठ । काठमाडौँ उपत्यकामा दुई पांग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने भएको छ । आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै दुई पांग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने नियम सुरु गर्न लागेको जानकारी दिएको हो ।

काठमाडौँमा हुने दुई पांग्रे सवारी साधनको दुर्घटनालाई विश्लेषण गर्दा हेल्मेट लगाएको चालक भन्दा पछाडी बस्ने व्यक्ति घाइते भएको र मृत्यु दर समेत पछाडी बस्नेको बढी भएकोले मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले अनिवार्य हेलमेट लगाउनुपर्ने व्यवस्था गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिनु भयो ।

महाशाखाले यातायात व्यवस्था ऐनमा संशोधन गरि हेलमेट अनिवार्य रुपमा लगाउनु पर्ने व्यवस्था गर्न यातायात व्यवस्था विभागमा अनुरोध गरेको जानकारी दिएको छ । यस्तै महाशाखाले उपत्यकामा सवारी चाप ब्यबस्थित गर्दै कम गर्न मोबाइल यप प्रयोगमा ल्याउने भएको छ ।

पत्रकार सम्मेलनमा प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक पन्तले जिआइयस प्रविधिमा आधारित यपले उपत्यकाको ट्राफिकजाम, बाटो डाइभर्सन लगायतको महत्वपूर्ण सूचना हरेक १५ मिनेटमा दिने बताउनु भयो ।

यस्तै महाशाखाले विभिन्न नियम मिचेर सवारी चलाएका चालकले तिर्नु पर्ने जरिवाना तिर्न पनि बैंकमा लाइन बस्नु नपर्ने नियम बनाउन लागेको बताएको छ । फिल्डमा खटिएको ट्राफिक प्रहरीले इ चलानीमार्फत नियम उल्लङ्घन गर्ने चालकलाई चिट दिनेछ र यो चिटको आधारमा सवारी चालकले इ पेमेन्ट गर्न सक्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);