सांसद तामाङको प्रश्न–सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने ? | ईमाउण्टेन समाचार

Our Network

साउन ३१ २०८३, सोमबार

सांसद तामाङको प्रश्न–सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने ?

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले कम्बोडियामा मृत्यु भएका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले ढिलाइ गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले परराष्ट्र मन्त्रालयले कार्यविधि बनाउन नमान्दा राईको शव नेपाल ल्याउन नसकिएको भन्दै सांसद तामाङले आपत्ति जनाउनुएको हो । उहाँले एउटा सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका चहारेर कहिलेसम्म हिँड्ने सभामुख महोदय ? भन्दै प्रश्न गर्नुभयो । उहाँले शव व्यवस्थापनका लागि अर्थ मन्त्रालयले बजेट छुट्याएको  भएपनि उक्त बजेट कार्यान्वयनको लागि परराष्ट्र मन्त्रालयले आवश्यक कार्यविधि नबनाउँदा राईको शव नेपाल ल्याउन समस्या बताउनु भयो । बजेट छ तर कार्यविधि छैन, यो कस्तो विधिको शासन हो सभामुख महोदय ? उहाँले प्रश्न गर्नुभयो । धादिङको धुनीवेशी नगरपालिका–९ स्थित जुगेडी निवासी राईको वैशाख २९ गते ‘हेमोरेजिक स्ट्रोक’ मस्तिष्क रक्तस्रापका कारण कम्बोडियामा मृत्यु भएको थियो ।

गतवर्ष भदौमा रोजगारीको सिलसिलामा भारत हुँदै कम्बोडिया पुगेका उनी उपचारको क्रममा काल्मेट अस्पतालमा भर्ना भएका थिए । त्यही निधन भएका उनको शव आर्थिक अभाव र कानुनी झन्झटका कारण नेपाल ल्याउन ढिलाइ भएको हो । लगत्तै सभामुख डोलप्रसाद अर्यालले ३ दिनभित्र यस विषयमो जवाफ दिन सरकारलाई रुलिङ गर्नुभयो ।

Leave a Reply