सोधभर्ना नगर्ने प्रवृतिले खर्चको आकार बढी देखियो : अर्थमन्त्री खतिवडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सोधभर्ना नगर्ने प्रवृतिले खर्चको आकार बढी देखियो : अर्थमन्त्री खतिवडा

arthamantri

काठमाडौं, १ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले सम्बन्धित आयोजना प्रमुखले समयमै सोधभर्ना नगर्ने प्रवृतिले असार मसान्तमा खर्चको आकार बढी देखिएको बताउनु भएको छ ।

प्रतिनिधिसभा अन्तर्गत अर्थसमितिको बिहीबारको बैठकमा बजेट कार्यान्वयनका सम्बन्धमा छलफल गर्न उपस्थित हुनुभएका अर्थमन्त्री खतिवडाले भुक्तानी ढिलो हुनुको प्रमुख कारण आयोजना प्रमुखहरुले समयमा दावी नगर्ने तथा सोधभर्ना नलिने नै रहेको बताउनु भएको हो । उहाँले आर्थिक वर्षको अन्त्यमा मात्रै सोधभर्ना लिदा असार मसान्तमा खर्च बढी देखिएको दावी गर्नुभयो ।

अर्थमन्त्री खतिवडाले कतिपय अवस्थामा सोधभर्ना लिनका लागि मन्त्रालयले नै ताकेता गर्नुपरेको जानकारी गराउनुभयो । अर्थमन्त्री खतिवडाले राजश्व पनि असार मसान्तमा धेरै उठने भएकाले त्यसको आधारमा भुक्तानी बढी हुँदा पनि असारमा खर्च धेरै देखिने गरेको बताउनुभयो ।

बजेट कार्यान्वयनको असर जनतामा परेको सम्बन्धमा भने गरिबी, रोजगारी शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पूर्वाधार निर्माण लगायतका परिसूचकको आधारमा हेर्नुपर्ने अर्थमन्त्री खतिवडाले उल्लेख गर्नुभयो । उहाँले बेरुजुलाई रकममा नहेरी प्रतिशतमा हेर्दा अर्थमन्त्रालयको बेरुजु स्वीकार योग्य नै रहेको बताउनुभयो । उहाँले बेरुजु देखिदैमा भ्रष्टाचार भयो भन्ने नसोच्न आग्रह गर्नुभयो ।

त्यसैगर पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले खर्च गर्ने सम्बन्धमा नियमित रुपमा समस्या भएको र यो अध्ययनको विषय भएको बताउनुभयो ।

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ समितिले यस अघि दिएका निर्देशनहरु अर्थमन्त्रालयले कार्यान्वयन नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले बजेट खर्चमा पनि सरकार गम्भिर नभएको बताउनुभयो ।

बैठकमा सांसदहरुले विज्ञ अर्थमन्त्री भएर पनि अर्थतन्त्रमा सुधार ल्याउन नसकेको भन्दै अर्थमन्त्री खतिवडाको आलोचना गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);