अर्थमन्त्रीद्वारा श्वेतपत्र जारी, अर्थतन्त्रमा समस्यै समस्या | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

अर्थमन्त्रीद्वारा श्वेतपत्र जारी, अर्थतन्त्रमा समस्यै समस्या

yubraj

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको तर्फबाट देशको वर्तमान आर्थिक अवस्था र भावि रणनीति सहितको श्वेतपत्र संघीय संसदमा प्रस्तुत गरेका छन् । श्वेतपत्रमा नेपालको अर्थतन्त्रमा समस्यै समस्या औँल्याइएको छ ।

श्वेतपत्रमा नेपालको अर्थतन्त्रमा दीर्घकालीन संरचनात्मक समस्या र कमजोरी रहेको उल्लेख गरिएको छ । आयको ९० प्रतिशभन्दा बढी अंश उपभोगमा नै खर्च भई बचत न्यून हुने गरेको श्वेतपत्रमा बताइएको छ ।

आर्थिक, समाजिक, भौतिक पूर्वाधारका सबैजसो उत्पादनका साधन आयात हुने भएकाले उत्पादन लागत र व्यापार घाटा बढ्दै गएको बताइएको छ । अर्थमन्त्री खतिवडाले अर्थतन्त्रमा लगानीको आधार न्यून रहेको बताउँदै हाल कुल स्थिर पूँजीको आकार कुल गार्हस्थ्य उत्पादनको ३३ दशमलव ८८ प्रतिशत रहेको बताए ।

सरकारको कुल खर्च बढेको तुलनामा पूँजीगत खर्चको आकार सानो रहेको उनको भनाइ छ । अल्पविकसित मुलुकमा सामाजिक र आर्थिक पूर्वाधारको क्षेत्रमा सार्वजनिक खर्च बढ्नु पर्नेमा चालु खर्च बढ्दै गएको श्वेतपत्रमा उल्लेख गरिएको छ । राजस्वले चालु खर्च धान्न सक्ने स्थिति नभएको पनि श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्रमा वित्तीय अनुशासनहीनता बढेको भन्दै चिन्ता समेत गरिएको छ । निजीकरणको अभ्यास मूलतः असफल देखिएको अर्थमन्त्री खतिवडाले बताए । निजीकरण अध्ययन र आवश्यकतामा आधारित नभएर लहडमा गरिएको उनको भनाइ छ ।

बढ्दो ब्याजदर र तरलता अभावले पुँजी बजार प्रभावित

खतिवडाले पुँजी बजारको विकासका लागि संस्थागत लगानीकर्ता आवश्यकता रहेको बताए । अर्थतन्त्रलाई गति दिन पुँजी बजारको विकास अपरिहार्य भए पनि अहिलेसम्म यो धितोपत्रमा मात्र सीमित भएको उनको भनाइ छ । बढ्दो ब्याजदर र तरलता अभावले पुँजी बजार प्रभावित बनिरहेको उनले बताए ।

भूकम्पपछिको पुननिर्माणको गति सुस्त रहेको भन्दै श्वेतपत्रमा चिन्ता व्यक्त गरिएको छ । वैदेशिक सहायता परिचालनको क्षेत्रमा विसंगतिहरु बढ्दै गएको बताइएको छ । राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण गर्न गठन भएका निकायहरुको कार्यसम्पादन प्रभावकारी नभएको श्वेतपत्रमा उल्लेख छ । यसअघि सरकारले नाकाबन्दीको समयमा श्वेतपत्र जारी गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);