अर्थमन्त्रीको श्वेतपत्रलाई तथ्याङ्क विभागको चुनौती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अर्थमन्त्रीको श्वेतपत्रलाई तथ्याङ्क विभागको चुनौती

kendriya tathyank bibhag

काठमाडौं, १३ बैशाख । मुलुकको अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको श्वेतपत्र र सरकारकै अर्को निकायको तथ्याङ्क बाझिएको छ । मुलुकको अर्थतन्त्र धरासायी र नाजुक अवस्थामा रहेको भन्दै श्वेतपत्र आएको एक महिना नबित्दै केन्द्रीय तथ्याङ्क विभागले अर्थतन्त्रमा उल्लेख्य सुधारसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।

अर्थमन्त्री डा. खतिवडाले गत चैत १६ गते संसदमा मुलुकको अर्थतन्त्रमा समस्यै समस्या औंल्याउँदै श्वेतपत्र प्रस्तुत गरेका थिए । त्यसको एक महिना नबित्दै सरकारकै अर्को निकाय केन्द्रीय तथ्याङ्क विभागले अर्थतन्त्रमा उल्लेख्य सुधार देखिएको भन्दै आर्थिक अभिलेख सार्वजनिक गरेको छ । उसले आर्थिक वृद्धि दर करीब ६ प्रतिशत पुग्ने अनुमान गरेको छ ।

यसअघि विश्व बैंक र एसियाली विकास बैंकले आर्थिक वृद्धि ५ प्रतिशत पनि नहुने प्रक्षेपण गरेका थिए । विभागले कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान भने घटेर करीब २८ प्रतिशतमा झरेपनि सेवा क्षेत्रको योगदान ५८ प्रतिशत पुगेका कारण आर्थिक वृद्धि सन्तोषजनक हुने तर्क गरेको छ ।

मुलुकको कूल गार्हस्थ उत्पादन बढेर अर्थतन्त्र ३० खर्ब ७ अर्ब २४ करोड पुगेको छ । कुल गार्हस्थ उत्पादन वृद्धिदर आधारभूत मूल्यमा ५ दशमलव ८९ प्रतिशतले बढेर ३० खर्ब माथि पुगेको विभागको भनाइ छ । चालू मूल्यमा कुल उत्पादन आधारभूत मूल्यमा ४२ खर्ब ६ अर्ब पुगेको छ भने उपभोग र उपभोक्ताको मूल्यमा १४ खर्ब ८६ अर्ब पुगेको छ ।

चालू मूल्यमा वस्तु तथा सेवाको निर्यात ११ खर्ब ५ अर्ब र रेमिट्यान्स ७ खर्ब २९ अर्ब रहेको पनि विभागले जनाएको छ । विभागले नेपालीको प्रतिव्यक्ति आय पहिलोपटक १ हजार ४ अमेरिकी डलर पुगेको जनाएको छ । यसरी आर्थतन्त्र टाट पल्टिएको भन्दै अर्थमन्त्रीले जारी गरेको श्वेतपत्रलाई विभागले झुठ करार गरेको हो ।

तर, एमाले निकट देखिएका अर्थविद्हरु अझै पनि श्वेतपत्रलाई सही भनिरहेका छन् ।

विभागले पुनर्निर्माणका अलावा जलविद्युत् आयोजना र विमानस्थल निर्माणको कामले गति लिएका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको बताएको छ । अर्थमन्त्रीले भने श्वेतपत्रमा पुनर्निर्माण तथा विकासे आयोजनामा हुने गरेको ढिलाइले अर्थतन्त्रलाई अझै पछि धकेल्न सक्ने कुरा उल्लेख गर्नुभएको थियो ।

श्वेतपत्र आएलगत्तै प्रतिपक्षी नेपाली कांग्रेसले वास्तविक आर्थिक स्थिति लुकाएर सरकारले श्वेत पत्रको नाममा ‘लालपत्र’ निकालेको आरोप लगाएको थियो । हुन त, अर्थमन्त्री खतिवडाले विगत लामो समयदेखिको आर्थिक दस्तावेज पल्टाएर श्वेतपत्र तयार गर्नुभएको थियो । तर, अर्थतन्त्रको वर्तमान अवस्था र प्रक्षेपणमा भने पार्टीको मनसाय अँटाउन खोज्दा उनी चुक्नुभएको अर्थविद्हरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);