पूँजी बजार सुधारका लागि सरकारले शुक्रबार श्वेतपत्र ल्याउने | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८०, सोमबार

पूँजी बजार सुधारका लागि सरकारले शुक्रबार श्वेतपत्र ल्याउने

काठमाडौं, १४ चैत । पुँजी बजार सुधारका लागि सरकारले यसै साताभित्र श्वेतपत्र ल्याउने भएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार श्वेतपत्र तयार पारिए पनि मन्त्रीपरिषद बैठकबाट अनुमोदन गराएर मात्रै ल्याउने तयारी गरिएको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मन्त्रिपरिषदबाट अनुमोदन गराएर शुक्रबारभित्रै श्वेतपत्र ल्याउने तयारी गरेका छन् । श्वेतपत्रमा मुलुकको वर्तमान आर्थिक स्थिति र भावी रणनीतिबारे उल्लेख गर्ने गरिन्छ ।

सोही श्वेतपत्र मार्फत सेयर बजारका लागि केहि राहतका कार्यक्रम आउने लगानीकर्ताको अपेक्षा छ । श्वेतपत्रले बैंकहरूमा देखिएको तरलता संकट समाधानका लागि के कस्ता उपाय ल्याउँछ भन्नेबारे बैंकर्स पनि उत्सुक देखिएका छन् ।