अर्थमन्त्री शर्माले जारी गरे श्वेतपत्र, अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई प्रतिस्थापन गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अर्थमन्त्री शर्माले जारी गरे श्वेतपत्र, अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई प्रतिस्थापन गरिने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा श्वेतपत्र जारी गरेका छन् । अर्थमन्त्री शर्माले मंगलबारको प्रतिनिधिसभा बैठकमा श्वेतपत्र जारी गर्दै अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने जानकारी दिए ।

उनले भने –‘‘सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड–१९ महामारीको कारण सिर्जित चुनौती समेतको सम्बोधन हुने गरी सुधार गर्न छिट्टै नै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नेछु । ’’

२०७८ साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४ सय ३५ जनाले पहिलो र २६ लाख ६ हजार ४६ जनाले पूर्ण मात्रा खोप लगाइसकेको पनि अर्थमन्त्री शर्माले संसदलाई जानकारी गराए । हालसम्म करिब १ करोड डोज खोप नेपाल भित्रिएको तथ्यांक प्राप्त भएको पनि उनले जानकारी दिए।
यस्तो छ अर्थमन्त्री शर्माले जारी गरेको श्वेत पत्र :

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);