प्रतिस्थापन विधेयक पारित नभएसम्म नियमित खर्च हुँदैन : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रतिस्थापन विधेयक पारित नभएसम्म नियमित खर्च हुँदैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पास नभएसम्म सरकारले नियमित खर्च नगर्ने बताएका छन् ।

संसदमा विनियोजन विधेयक पेश गरेपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पारित नभएसम्म सरकारले नियमित खर्च नगर्ने बताएका हुन् । 

भोलि बुधबार राति १२ बजेबाट केपी ओली सरकारले प्रतिनिधिसभा विघटन गरेर अध्यादेशबाट ल्याएको बजेटको ६० दिन पुग्दैछ । ६० दिनमा अध्यादेश पारित नभए स्वत निष्क्रिय हुन्छ । ओली सरकारले ल्याएको बजेट निष्क्रिय भएको र अहिले पेस भएको प्रतिस्थापन विधेयक पारित नभएकाले ५/७ दिन सरकारी खर्च रोकिने अर्थमन्त्रीको भनाइ थियो । 

अर्थमन्त्रीका शर्माअनुसार कर उठाउने विशेष व्यवस्था हुनेछ । सरकारले अहिले ल्याएको बजेट संसदको आउँदो बैठकमा पास हुने संकेत गरेको छ । शर्माले सकभर सहमतिमै नभए प्रक्रियाअनुसार विधेयक पारित हुने बताए ।  यसका लागि वार्ता, सम्वाद, छलफल भइरहेको बताए । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);