आजबाट सरकारको ‘बजेट होलिडे’ सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

आजबाट सरकारको ‘बजेट होलिडे’ सुरु

काठमाडौं । सरकारले ल्याएको प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा विचाराधीन रहेपछि आजबाट सरकारको ‘बजेट होलिडे’ सुरु हुने भएको छ ।

अघिल्लो सरकारले १५ जेठमा अध्यादेशमार्फत ल्याएको बजेट प्रतिनिधिसभाबाट पारित नभएपछि आज राति १२ बजेबाट निष्क्रिय हुँदैछ । कम्तीमा चार दिनसम्म सरकार बजेटविहीन हुने भएको हो । 

अध्यादेश संसदबाट पारित नभए ६० दिनभित्र स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ११४ मा संघीय संसद् अधिवेशन प्रारम्भ भएको ६० दिनपछि स्वतः निष्क्रिय हुने उल्लेख छ । जसअनुसार केपी ओली सरकारले ल्याएको बजेट अध्यादेश आजबाट निष्क्रिय हुँदैछ । 

बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न वर्तमान सरकारले मंगलबार विधेयक संसदमा पेस गरेको छ । तर, प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण विधेयकमा छलफल अघि बढेन । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक ४ असोजसम्मका लागि स्थगित गरेका छन् ।

त्यसैले आजबाट बजेट अध्यादेश निष्क्रिय हुन लागेकाे हाे । सोमबार बिहान ११ बजे संसद् बस्नेछ । यो चार दिनको समय बजेट अध्यादेश निष्क्रिय भएको र नयाँ विधेयक पारित नभएको अवस्था हुने भएकाले ‘बजेट होलिडे’ भनिएकाे हाे । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);