श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह छैन : अर्थमन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह छैन : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह नरहेको स्पष्ट पारे ।

बिहीबार राष्ट्रिय सभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारीपछि सांसदका प्रश्नको उत्तर दिँदै अर्थमन्त्री शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह नरहेको स्पष्ट पार्दै डेटामा फरक रहेको भए आफू कठघरामा उभिन तयार रहेको बताए । उनले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा भएका र गरेका कामसहितको विकासको उल्लेख गरिएको बताए । उनले यसमा कुनै आग्रहको गन्ध नभेटिने पनि प्रष्ट पारे ।

अर्थमन्त्री शर्माले जिम्मेवार भएर लोकतन्त्रलाई स्वीकार गर्ने भएकोले संसदमा बजेट प्रस्तुत गरिएको बताए । यसको निर्णय संसदले गर्ने उनको भनाई छ । बजेटको बारेमा संसोधन, परिमार्जन र प्रतिस्थापन जस्ता कुरा संसदले उनको तर्क थियो । आग्रह र पूर्वाग्रहमा निकट र टाढाको नातामा वा गुट र अर्कोको नातामा यो सरकारले बजेट विनियोजन नगर्ने स्पष्ट पारे ।

त्यसैगरी अर्थमन्त्री शर्माले राष्ट्रिय गौरवका योजनाहरु निरन्तर रुपमा अघि बढीरहने बताउँदै प्रदेश, पालिकाका अधिकार मिच्ने गरी गरिएका निर्णयमा सुधार गरिने धारणा व्यक्त गरे । उनले मानव सूचाङ्क विकसित नभएका कर्णाली, प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेशमा विशेष महत्व दिइनेमा पनि जोड दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);