श्वेतपत्र आर्थिक अवस्थाको जानकारी नभई तथ्यहीन आलोचना र विरोधमा केन्द्रीत आरोपपत्र : पूर्व अर्थमन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

श्वेतपत्र आर्थिक अवस्थाको जानकारी नभई तथ्यहीन आलोचना र विरोधमा केन्द्रीत आरोपपत्र : पूर्व अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा प्रस्तुत गरेको देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रलाई पूर्व अर्थमन्त्री विष्णु पौडेलले तथ्यही आरोपपत्र भएको टिप्पणी गरेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले मंगलबार सार्वजनिक गरेको श्वेतपत्रमाथि टिप्पणी गर्दै बिहीबार पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले अघिल्लो सरकारले गरेका कामहरूको बारेमा तथ्यहीन आलोचना र विरोधमा केन्द्रीत आरोपपत्रको रूपमा प्रस्तुत गरिएको बताए ।

पौडेलले एक प्रेस नोट जारी गर्दै यस्तो टिप्पणी सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्–‘‘ देशको वर्तमान अवस्थाको आर्थिक स्थितिको जानकारी होइन, अघिल्लो सरकारको तथ्यहिन आलोचना र विरोधमा केन्द्रीत आरोपपत्रका रुपमा प्रस्तुत गरिएको छ । बजेट कहाँ ल्याउनुपर्छ, कहिले ल्याउनुपर्छ, संसद विघटन गर्न हुन्थ्यो वा हुँदैन थियो, अध्यादेशमार्फत आएका बजेटको कुन–कुन निकायका कस्ता कस्ता विश्लेषणहरू छन् भन्ने विषयहरूले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी दिँदैन’’

पूर्व उपप्रधानमन्त्री समेत रहेका पौडेलले अर्को बजेट ल्याउन अघिल्लो सरकारलाई दोषारोपण गर्नु पर्ने हुन्छ र ? भन्ने प्रश्न समेत गरेका छन् ।

श्वेतपत्रमा तथ्याङ्कहरुको प्रयोग सुविधा अनुसार गरिएको पनि उनको आरोप छ । आर्थिक वृद्धिको तुलना सामान्य वर्ष र कोरोना महामारीले प्रभावित असामान्य वर्षबीच गरिएको उनको टिप्पणी छ ।

पौडेलले लेखेका छन्– ‘‘२०७६-७७ र २०७७-७८ को अवधि शताब्दी कै सबैभन्दा ठूलो र कल्पनातित चुनौतीका रुपमा उपस्थित कोभिड–१९ महामारीले नेपाली अर्थतन्त्र मात्र होइन, विश्व अर्थतन्त्रलाई नै गम्भीर रुपमा नकारात्मक प्रभाव पारेको अवधि हो, यी वर्षहरु असामान्य वर्षहरु हुन् भन्ने तथ्य हामीले बिर्सन मिल्दैन । आर्थिक वृद्धिको तुलना सामान्य वर्ष र असामान्य वर्ष बीच गरिएको छ । तुलना तुलनायोग्य अवधि र विषयसँग गरिन्छ । सबैभन्दा प्रतिकूल समयलाई तुलनात्मक रुपमा अनुकूल समयसँग तुलना गर्नु तथ्याङ्क शास्त्रको दृष्टिले गलत कुरा हो ।’’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);