बजेटले देशको आर्थिक संकट समाधान गर्छ : अर्थमन्त्री  | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

बजेटले देशको आर्थिक संकट समाधान गर्छ : अर्थमन्त्री 

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको आर्थिक संकट समाधान गर्नेगरी बजेट ल्याएको दाबी गरेका छन् । राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले देशमा आर्थिक संकट समाधान गर्नेगरी बजेट ल्याएको दाबी गरेका हुन् ।

‘मैले सुनिरहेको छु, देश संकटमा छ, देश ठूलो संकटमा छ । यो संकटलाई (बजेट)ले समाधान गर्दैन भन्ने प्रश्न उठिरहेको छ,’ उनले भने, ‘यदी संकटमा छ भने पनि यसको समाधान यही हो । यदी छैन भने पनि यसको समाधान यही हो । योभन्दा अर्काे समाधान छैन ।’

देशको आर्थिक अवस्थालाई विचार गरेर नै बजेट ल्याइएको दाबी गरेका उनले नीति तथा कार्यक्रमलाई ध्यानमा राखेर सबैको सुझावलाई समेटेर बजेट ल्याएको बताए । जनताको माग र सुझावकै आधारमा बजेट निर्माण गरिएको भन्दै अर्थमन्त्री शर्माले बजेट कार्यान्वयनका लागि संघीय संसदका सदस्य भूमिका रहने व्यवस्था गरिएको बताए । यसको नेतृत्व सरकारले नै गर्ने उनको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);