सामाजिक न्यायअन्तर्गत वृद्धभत्ता पाउने उमेर घटाइयो : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०७९, मंगलबार

सामाजिक न्यायअन्तर्गत वृद्धभत्ता पाउने उमेर घटाइयो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सामाजिक न्यायको सिद्धान्तअन्तर्गत वृद्धभत्ता पाउनेको उमेर घटाइएको जवाफ  दिएका छन् । राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले संविधानको भावना र सामाजिक न्यायको सिद्धान्तअन्तर्गत वृद्धभत्ता पाउनेको उमेर घटाइएको जानकारी दिए ।  समावेशी विकास गर्ने लक्ष्यअनुसार नै वृद्धभत्ताको व्यवस्था गरिएको भन्दै उनले सामाजिक सुरक्षाभत्ता स्वघोषणामार्फत नलिनेलाई राज्यले सम्मान गर्ने व्यवस्था पनि गरिएको बताए ।  साथै मदन भण्डारी रंगशाला निर्माणको कामअघि बढिरहेको उनले बताए ।

Leave a Reply