वृद्धभत्ता पाउने उमेर ७० वर्ष नै उपयुक्त : मन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

वृद्धभत्ता पाउने उमेर ७० वर्ष नै उपयुक्त : मन्त्री थापा

काठमाडौं, १० फागुन । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले वृद्धभत्ता पाउने उमेर ७० वर्ष सही भएको बताएकी छन् ।

मन्त्री थापाले ७० वर्षसम्म मानिस आफैले काम गरेर खान सक्ने क्षमता हुने भएकाले पनि राज्यले ७० वर्ष उमेर पुगेकाहरुलाई मात्रै वृद्धभत्ता वितरण गर्न उपयुक्त हुने बताइन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले ६५ वर्ष उमेर पुगेकाहरुलाई वृद्धभत्ता दिने निर्णय गरेको थियो ।

तर मन्त्री थापाले वृद्धभत्ता पाउने उमेर ७० वर्ष नै उपयुक्त हुने बताइन् । उनले राज्यले वृद्धवृद्धा, असक्त महिला तथा बालबालिकालाई उच्च सम्मान गर्ने आश्वासन समेत दिइन् ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थापाले गैरसरकारी संस्थाहरुलाई पारदर्शी ढंगले काम गर्नेगरी अनुगमनको कामलाई कडाई गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् । मन्त्री थापाले मुलुकलाई समृद्ध बनाउने गरी नयाँ सरकारले आवश्यक नीतिगत निर्णय लिने पनि स्पष्ट पारेकी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);