कांग्रेस नेता पौडेलले प्रचण्डलाई भने हार्छौं तर जनताविरुद्ध जाँदैनौं | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेस नेता पौडेलले प्रचण्डलाई भने हार्छौं तर जनताविरुद्ध जाँदैनौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले कांग्रेसले अहंकार बढाएमा एमालेलाई झै ठेगान लगाउने छौं भनेर दिएको प्रतिकृयाको नेपाली कांग्रेसका बरीष्ठ नेता रामचन्द्र पौडेलले जवाफ फर्काएका छन् । उनले समाजिक सञ्जालमार्फ प्रचण्डलाई जवाफ फर्काउँदै कांग्रेस हार व्यहोर्न तयार रहेको तर राष्ट्र र जनताको विरुद्ध उभिन तयार नरहेको बताएका छन् । पौडेलले समाजिक सञ्जालमा इतिहासमा धेरैपटक कांग्रेसले हारेर पनि देश र जनता बचाउने काम गरेको बताएका छन् । प्रचण्डले आज माओवादी जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै ‘कांग्रेसले अहंकार बढाएमा एमालेलाई झै ठेगान लगाउने’ बताएका थिए ।

ट्वीटरमा प्रचण्डलाई मेन्सन गर्दै पौडेलले लेखेका छन्, ‘इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ । त्यसैले हामी हार व्यहोर्न तयार छौं तर राष्ट्र , जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);