२४ घण्टामा ३२ सय ६० जना संक्रमित, ३२ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

२४ घण्टामा ३२ सय ६० जना संक्रमित, ३२ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५ हजार ४ सय ६२ परीक्षण हुँदा ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार ८ सय ६ पीसीआर परीक्षण मध्ये २ हजार ४ सय ७३ संक्रमण र ४ हजार ६ सय ५६ एन्टिजेन परीक्षण गर्दा ७ सय ८७ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार २ सय ९४ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७७ हजार ३ सय ७७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ३२ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा १० हजार २ सय १२ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

हाल नेपालमा ३८ हजार १ सय ८० सक्रिय संक्रमितहरु रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);