२४ घण्टामा २ हजार ६५ जना संक्रमित, २५ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

२४ घण्टामा २ हजार ६५ जना संक्रमित, २५ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १३ हजार १ सय १७ परीक्षण हुँदा २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ७ सय ५२ पीसीआर परीक्षण मध्ये १ हजार ५ सय ७७ संक्रमण र ४ हजार ३ सय ६५एन्टिजेन परीक्षण गर्दा ४ सय ८८ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३७ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८ हजार २ सय ३० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २५ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा १० हजार ६ सय ६३ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

हाल नेपालमा ३७ हजार ५ सय ९९ सक्रिय संक्रमितहरु रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);