२४ घण्टामा ३९ सय ३८ जना संक्रमित, २ हजार १२ संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

२४ घण्टामा ३९ सय ३८ जना संक्रमित, २ हजार १२ संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८ हजार ४ सय ८ परीक्षण हुँदा ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २४ घण्टामा ११ हजार ८ सय ७० पीसीआर परीक्षण मध्ये ३ हजार ७ र ६ हजार ५ सय ३८ एन्टिजेन परीक्षण गर्दा ९ सय ३१ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार १२ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६ सय ६३ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ३७ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ९ सय ९४ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

हाल नेपालमा ३४ हजार ४ सय २२ सक्रिय संक्रमितहरु रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);