२४ घण्टामा ३ हजार ४२ जना संक्रमित, २६ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

२४ घण्टामा ३ हजार ४२ जना संक्रमित, २६ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७ हजार ६ सय ५४ परीक्षण हुँदा ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार ५ सय ३० पीसीआर परीक्षण मध्ये २ हजार ७९ संक्रमण र ७ हजार १ सय २४ एन्टिजेन परीक्षण गर्दा ९ सय ६३ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार २ सय ४४ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५ सय ४३ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २६ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा १० हजार ४ सय ५५ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

हाल नेपालमा ४० हजार ३ सय ९ सय सक्रिय संक्रमितहरु रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);