२४ घण्टामा ३६ सय ५१ जना संक्रमित, २२ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

२४ घण्टामा ३६ सय ५१ जना संक्रमित, २२ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ९४ परीक्षण हुँदा ३ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार ४ सय ४५ पीसीआर परीक्षण मध्ये २ हजार ५ सय ९ संक्रमण र ६ हजार १ सय ४९ एन्टिजेन परीक्षण गर्दा १० सय ४२ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ७ सय ८४ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७१ हजार ८३ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २२ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा १० हजार १ सय १५ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

हाल नेपालमा ३६ हजार २ सय ८८ सक्रिय संक्रमितहरु रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);