सुन्दरहरैंचा नगरक्षेत्रका उद्योगी व्यवसायीलाई कोरोनाविरुद्धको खोप दिन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सुन्दरहरैंचा नगरक्षेत्रका उद्योगी व्यवसायीलाई कोरोनाविरुद्धको खोप दिन सुरु

बिनोद आचार्य,
सुनसरी । सुनसरीको सुन्दरदुलारी उद्योग वाणिज्य संघको पहलमा सुन्दरहरैंचा नगरक्षेत्रका उद्योगी व्यवसायीहरुले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छन् ।

संघले माग गरेको १२ सय खोप मध्ये पहिलो चरणमा उपलव्ध ४ सय खोप उद्योगी व्यवसायीहरुलाई लगाउने कार्य सुरु गरिएको हो ।

कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्दै व्यापार व्यवसाय सञ्चालनमा सहजता होस् भनेर संघले उद्योगी व्यवसायी तथा कर्मचारीहरुका लागि खोपको पहल गर्दै आएकोमा पहिलो पटक उपलव्ध भएको ४सय खोप लगाउने कार्य सुरु भएको संघका अध्यक्ष किशोरकुमार कार्कीले बताए ।

कोरोना संक्रमण फैलिरहेका कारण व्यापार व्यवसाय समेत समस्यामा पर्दै आएको समयमा व्यापारी तथा कर्मचारीहरुलाई सुरक्षित बनाउन खोपलाई प्राथमिकतामा राखेर पहल गर्दै आएको समेत कार्कीले जानकारी दिए ।

सुन्दरहरैंचा ३ मा रहेको संघकै कार्यालयमा भौतिक दूरी सहितको स्वास्थ्य मापदण्ड पालना गरी कोरोना विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाउँदै आएको छ । संघले कोरोना कहरका समयमा राहत उपलव्ध गराउन उद्योगी व्यवसायीहरुका समस्या समाधान लगायतमा समेत सक्रियता जनाउदै आएको छ ।

संघको पहलमा जारी खोप कार्यक्रम सोमबार सम्म सञ्चालन हुने जनाईएको छ । खोप लगाउने कार्र्यक्रममा दुलारी स्वास्थ्य चौकीकी सिनियर अनमि सुजाता थेवेले प्राविधिक सहयोग पु-याई रहेकी छन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);