सुरु भयो कोरोना खोप अभियान, आज १२ हजारले लगाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुरु भयो कोरोना खोप अभियान, आज १२ हजारले लगाउने

काठमाडौं, १४ माघ । नेपालमा कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ । सातै प्रदेशका ६२ अस्पताल र १ सय २० केन्द्रबाट सूचीकृत व्यक्तिलाई खोप लगाउन थालिएको हो ।

पहिलो खोप सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारी र दोस्रो डा अनुप बाँस्तोलाले लगाउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप कार्यक्रम सुरु गर्नुभएको हो ।

काठमाडौंमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र बनाइएको छ । आज १२ हजार व्यक्तिले खोप लगाउने स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।

यही माघ १८ गतेभित्र ७७ जिल्लाका ३ सय केन्द्रमार्फत करिब ४ लाख ३० हजार नागरिकलाई खोप लगाउने सरकारको तयारी छ ।

अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको ‘कोभिसिल्ड’ खोपको १० लाख डोज नेपाल आएको छ । खोप सबै प्रदेशमा पठाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);