भक्तपुरमा बुधबारदेखि कोरोनाविरुद्धको खोप लगाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

भक्तपुरमा बुधबारदेखि कोरोनाविरुद्धको खोप लगाइने

सुवास चौलागाईँ
भक्तपुर, १३ माघ ।
भक्तपुरमा भोलि देखि कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्य सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जिल्लामा पहिलो चरणमा ४ हजार जनालाई खोप लगाइने जानकारी दिनुभयो ।

संघीय सरकारको सातै वटै प्रदेश मा कोरोना खोप लगाउने निर्णयनुसार भक्तपुरमा पनि पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयमसेविका, सरसफाई मजदुर र कोरोना संक्रमणबाट मृत्यु भएकाको शव बोक्नेलाई खोप दिइने छ ।

भक्तपुरको दुधपाटीमा रहेको भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगर अस्पताल थिमिबाट भोलि बिहान १० बजेदेखि कोरोना विरुद्धको खोप लगाउने कार्य सुरु हुने मिजारले बताउनुभयो ।

भक्तपुर अस्पतालबाट चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाका फ्रन्टलाइन मा बसेर काम गर्नेहरुले यो खोप लिनेछन् भने नेपाल कोरिया मैत्री नगर अस्पतालबाट मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका सम्बन्धित व्यक्तिहरुले कोरोनाविरुद्धको खोज लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय भक्तपुरले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयले भक्तपुरमा ४ सय भाइल खोप पठाएको छ । खोपको भ्याक्सिन स्वास्थ्य कार्यालयमा नै भण्डार गरेर राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);