भक्तपुरमा २ हजार ३ सय ९१ जनाले कोरोना खोप लगाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भक्तपुरमा २ हजार ३ सय ९१ जनाले कोरोना खोप लगाए

भक्तपुर, २४ माघ । भक्तपुरमा कोरोना खोप लगाउन सुरु गरिएको ३ दिनभित्रै करिब ४ हजार जनालाई कोरोना भाइरस संक्रमणविरुद्धको खोप दिइसक्ने लक्ष्य लिइएको थियो । तर एघारौ दिन सम्म आज यो समाचार तयार गर्दा सम्म भक्तपुरमा जम्मा २ हजार ३ सय ९१ जनाले खोप लगाएका छ ।

भक्तपुरमा कोभिड १९ विरुद्धको खोप लगाउन भनी ३ हजार ९ सय १६ जनाले आफ्नो नाम लेखाएका थिए । जसमध्ये आज सम्म २ हजार ३ सय ९१ जनाले खोप पाएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो ।

भक्तपुरमा भक्तपुर अस्पताल र नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल गरी दुई ठाउँमा खोप केन्द्र तोकिएको छ । दुई केन्द्रबाट खोप दिइने लक्ष्यमा स्वास्थ्यकर्मीहरुमात्रै ३ हजार ३ सय ७९ जना रहेको केन्द्रका प्रमुख कृष्ण मिजारले बताउनुभयो ।

यता २ सय १३ फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, २ सय ७९ जना महिला स्वास्थ्य स्वयंसेविका, एकसय २५ वृद्धाश्रममा रहेका व्यक्ति र ४५ जना एम्बुलेन्स तथा शवबाहन चालक तथा सहचालक रहेका थिए ।

भक्तपुरका खोप लगाउनेहरु १ हजार ३ सय ७९ जना स्वास्थ्यकर्मी हुन भने एक हजार ३ सय ३० र ६ सय ११ स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी गरी एक हजार ९ सय ४१ जनाले खोप पाएको कार्यालय प्रमुख मिजारले जानकारी दिनुभयो ।

भक्तपुरमा दुई केन्द्रमा दैनिक आठ आठ सय जनालाई खोप दिने लक्ष्य राखिएको थियो । खोप केन्द्रमा खोप दिइए सँगसँगै परामर्श दिने व्यवस्था गरिएको छ । खोप लगाएकाहरुलाई केही समय अब्जरभेसनमा राख्ने छुट्टै वार्डको पनि व्यवस्था गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);