भक्तपुरमा पनि कोरोनाविरुद्धको खोप लगाउन सुरु, मेडिकल सुपरिटेन्डन गौतमले लगाइन पहिलो खोप | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

भक्तपुरमा पनि कोरोनाविरुद्धको खोप लगाउन सुरु, मेडिकल सुपरिटेन्डन गौतमले लगाइन पहिलो खोप

सुवास चौलागाईँ

भक्तपुर, १४ माघ । भक्तपुरमा पनि आजबाट कोरोना विरुद्धको खोप लगाउन सुरु भएको छ । भक्तपुरमा आज कोराना विरुद्धको पहिलो खोप भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुमित्रा गौतमले खोप लगाएर अभियानको सुरुवात गर्नुभएको हो । त्यसपछि डा.सुनिल ढुंगेलले लगाउनुभएको र तेस्रो खोप मनोरोग विशेषज्ञ डा. कन्चन अधिकारिले लगाउनुभएको थियो ।

भक्तपुर अस्पताले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापनमा खटिएका कर्माचारी, सुरक्षाकर्मी र अग्रभागमा रहि काम गर्ने कर्माचारीहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप अभियानको सुरुवाट गरेको अस्पतालले जनाएको छ । खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका टोलीको समेत सहभागितामा विहान १० ३० वजे खोप अभियानाको सुरुवाट गरेको हो ।

अस्पतालले खोप लगाइ सकेपछि १५ देखि २० मिनेट आराम गाराउन ४ वटा शैयाको व्यवस्थापन गरेको छ भने खोप वाट केहि असर देखिएमा तत्काल उपचारका लागि आइसियु सहितको चिकित्सकको व्यवस्थापन गरेको अस्पतालका प्रवक्ता डा. सुनिल ढुंगेलले बाताउनुभयो । जिल्लाभर ४ दिनमा ४ हजार जनालाई खोप लगाउन कार्यक्रम रहेको अस्पतालले जनाएको छ ।

भक्तपुर जिल्लाको चार नगरपालिका मध्य चाँगु नारायण र भक्तपुर नगरपालिकाका लागि भक्तपुर अस्पताल र सुर्यविनायक र मध्यपुर थिमी नगरपालिकाका लागि कोरिया मैत्री नगरपालिका अस्पतालमा थिमिमा खोप केन्द्र तोकिएको छ । दुवै अस्पतालमा गरेर दिउसो ४ बजे सम्म ४०० भन्दा बढीले कोरोना खोप लगाएका छन ।

भक्तपुर अस्पतालबाट चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाका फ्रन्टलाइन मा बसेर काम गर्नेहरुलाई खोप लगाउन सुरु गरिएको छ भने नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालबाट सुर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिकामा सुरु गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);