कपिलबस्तुमा कोभिड विरुद्धको खोप अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कपिलबस्तुमा कोभिड विरुद्धको खोप अभियान सुरु

कपिलवस्तु, १४ माघ । कपिलवस्तुको तौलिहवामा बुधवार देखि कोरोना बिरुद्धको पहिलो चरणको खोप अभियान सूरु भएको छ । तौलिहवा स्थित जिल्ला स्वास्थ्य कार्यालयको परिसरमा खडा गरिएको खोप केन्द्रमा प्रजिअ तथा कोरोना खोप समन्वय तथा अनुगमन समितिका संयोजक दीर्घ नारायण पौडेलले रिबन काटेर अभियानको सुभारम्भ गरे ।

कपिलवस्तु अस्पतालमा मेसु डा.किशोर बन्जाडेले बिहान सवा ११ बजे कोरोनाको पहिलो खोप लगाएका छन । खोपकालागि सुचीकृत गरिएका १ हजार ९९८ जनालाई मात्र पहिलो चरणमा लगाईने स्वास्थय कार्यालयका प्रमुख अनिल केसीले बताए ।

कपिलबस्तुमा पनि कोभिड विरुद्धको खोप १ हजार ९९८ जनालाई लगाईने केसीले बताए । अभियानको पहलो चरणमा फ्रन्ट लाईनमा रहेरा काम गर्ने जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य कर्मी, महिला स्वंय सेविका र सफाई कर्मीलाई लगाउने डा. बन्जाडेले बताएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);