लुम्बिनी प्रदेशमा कोभिड विरुद्धको खोप अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

लुम्बिनी प्रदेशमा कोभिड विरुद्धको खोप अभियान सुरु

बुटवल, १४ माघ । लुम्बिनी प्रदेशमा पनि कोभिड विरुद्धको खोप अभियान सुरु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रमा मुख्यमन्त्री शंकर पोखरेलले खोप अभियानको सुरुवात गर्नुभएको हो ।

पहिलो खोप लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले लगाउँनुभयो । अस्पतालका अरू १४ जनाभन्दा बढी स्वास्थ्यकर्मीले खोप लगाईएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको खोप केन्द्रबाट रुपन्देही जिल्लाका स्थानीयतहले सिफारिस गरेका पहिलो प्राथमिकता पाएका ब्यक्तिहरुलाई खोप लगाईने अस्पतालका सुचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार ६ सय ७९ डोज खोप आएको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी डा. पुष्पराज पौडेलले जानकारी दिनुभयो । त्यस मध्ये सबै भन्दा बढी रुपन्देहीको लागि ३३ हजार ४ सय २० डोज छुट्याइएको छ । बाँकेको लागि १७ हजार ९० डोज उपलब्ध हुने छ।

त्यसै गरी दाङमा ६ हजार ५ सय ९०, कपिलबस्तुमा ४ हजार ५ सय ४०, प्युठानमा २ हजार ३ सय ६०, बर्दियामा ४ हजार ३ सय ६०, अर्घाखाँचीमा ३ हजार ८ सय ५० डोज खोप पठाइने छ ।

त्यसै गरी नवलपरासी पश्चिममा २ हजार ३ सय ८०, रुकुमपूर्वमा २ हजार ४०, गुल्मी ४ हजार १ सय ८०, पाल्पामा ५ हजार ४ सय ६०, प्युठानमा २ हजार ३ सय ६० र रोल्पामा २ हजार ४ सय २० डोज कोरोना विरुद्धको खोप पठाउने तयारी गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);