नवलपरासीमा २३ सय भन्दा बढिलाई कोभिड विरुद्धको खोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नवलपरासीमा २३ सय भन्दा बढिलाई कोभिड विरुद्धको खोप

नवलपरासी, ४ फागुन । पश्चिम नवलपरासीमा मङ्गलबारसम्म २३ सय १५ जनालाई कोभिड विरुद्धको खोप लगाइएको छ । सरकारले गत माघ १४ गते देखि २३ सम्म पहिलो चरणको खोप सञ्चालन सुरु गरेसङ्गै पहिलो चरणमा लुम्बिनी प्रदेश स्वास्थ्य आपुर्ति व्यबस्थापन केन्द्र बुटवलले पश्चिम नवलपरासीमा २ सय ३८ भाइल खोप उपलब्ध गराएको थियो ।

पहिलो चरणमा विशेषगरि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, कोभिडबाट मृत्यु भएकाको सव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेवीका, सरसफाईकर्मी, कारागारका कैदीबन्दि, एम्बुलेन्स चालकहरुलाई खोप सेवा प्रदान गरिएको थियो ।

एक भाइल बराबर १० जनालाई खोप लगाउन सकिने भएकाले जिल्लामा उपलब्ध भएको २ सय ३८ भाइल खोप मध्ये पहिलो चरणमा पृथ्वीचन्द्र अस्पताल परासीबाट ११ सय ५२ जनालाई खोप सेवा प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख कृष्ण प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

जिल्लामा अहिलेसम्म कोभिड विरुद्धको खोप लगाइएका मध्ये केहिलाई ज्वरो आउने र टाउको दुख्ने सामान्य स्वास्थ्य समस्या देखिएको भएतापनि अधिकाशलाई भने कुनैपनि किसिमको गम्भीर स्वास्थ्य समस्या नदेखिएको बताउदै पोखरेलले सरकारले सञ्चालन गरेको कोभिड विरुद्धको खोप अभियानमा भयभित नभई खोप केन्द्रमा गएर खोप सेवा लिनुहुन समेत आग्रह गर्नुभयो ।

सरकारले पुन फागुन २ देखि ८ गतेसम्म कोभिड विरुद्धको दोस्रो चरणको खोप अभियान देशभरिका सबै जिल्ला अस्पतालबाट सञ्चालन गरिरहेको छ । दोस्रो चरणको खोप अभियानमा भने सरकारी तथा निजामती कर्मचारी, जनप्रतिनिधि, नेपाल प्रहरी, सिमानाकामा खटिएका सुरक्षाकर्मी, सञ्चारकर्मी, न्यायालयसङ्ग सम्वन्धित कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी लगाएतका बर्गहरुलाई समावेश गरिएको छ । पश्चिम नवलपरासीमा दोस्रो चरणको खोप अभियान अन्तर्गत मङ्गलबारसम्म ११ सय ६३ जनालाई खोप लगाइसकिएको छ ।

दोस्रो चरणको अभियानमा जिल्लाबाट करिब ३ हजार व्यक्तिलाई खोप सेवा प्रदान गर्ने लक्ष्य जिल्ला स्वास्थ कार्यालयको छ । यसैगरी पृथ्वीचन्द्र अस्पताल परासीबाट खोप लगाउने व्यक्तिहरुको चाप कम गराउने उद्देश्यले जिल्ला स्वास्थ कार्यालय नवलपरासीले मङ्गलबारबाट बर्दघाट स्थित चिसापानी अस्पतालबाट समेत कोभिड विरुद्धको खोप सेवा सञ्चालन थालेको छ ।

खोप अभियान सञ्चालन सुरु गरेको पहिलो दिन चिसापानी अस्पतालबाट ८० जनाले कोभिड विरुद्धको खोप सेवा लिएका छन् । यस्तै लुम्बिनी प्रदेश स्वास्थ्य आपुर्ति व्यबस्थापन केन्द्र बुटवलले मङ्गलबारनै थप १ सय ९६ भाइल खोप जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीलाई उपलब्ध गराएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको पछिल्लो तथ्यांक अनुसार जिल्लामा हालसम्म ४ सय १९ महिला र ९ सय ७९ जना पुरुष गरि कुल १४ सय ३७ जना कोभिड संक्रमित भएका छन् । जसमध्ये १३ सय ९८ जना निको भैसकेका छन् भने पछिल्लो समय सक्रिय कोभिड संक्रमित ६ जना रहेको र कोभिड संक्रमणबाट १० महिला र ३३ पुरुष गरि जम्मा ३३ जनाको मृत्यु भैसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);