ललितपुरको कार्तिक नाचमा नरसिंह अवतारको प्रश्तुति | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८३, सोमबार

ललितपुरको कार्तिक नाचमा नरसिंह अवतारको प्रश्तुति

काठमाडौँ ।

ललितपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कार्तिक नाचअन्तर्गत हिरण्यकशिपु वधको प्रसङ्ग प्रश्तुत गरिएको छ । ललितपुरको कार्तिक डबलीमा मञ्चन गरिएको नाचमा भगवान विष्णुको नरसिंह अवतार र हिरण्यकशिपुको वधको दृश्य प्रश्तुत गरिएको हो । धार्मिक आस्था र पौराणिक कथामा आधारित उक्त प्रश्तुतिमा नरसिंह भगवान र हिरण्यकशिपुबीचको प्रसङ्गलाई नृत्य तथा अभिनयमार्फत जीवन्त बनाइएको थियो । प्रत्येक वर्ष सञ्चालन हुने कार्तिक नाच नेपालको प्राचीन नृत्य तथा नाट्य परम्परामध्ये एक हो । मल्लकालीन इतिहाससँग जोडिएको यस नाचमा भगवान् विष्णुका विभिन्न अवतार, धार्मिक कथा तथा पौराणिक घटनाहरू प्रश्तुत गरिन्छन् । नाच हेर्न कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, प्रधानमन्त्री बालेन्द्र साहकी श्रीमती सविना काफ्ले, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल लगायतको उपस्थिति रहेको थियो । कार्तिक नाचले नेवार समुदायको मौलिक कला, संस्कृति र धार्मिक परम्पराको संरक्षण तथा पुस्तान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

Leave a Reply